नेकपा एमाले नगर कमिटी सदस्य माधव पौड्यालको विद्रोह ,वडा अध्यक्षको स्वतन्त्र उम्मेदवार बने
कपन अनलाइन
काठमाडौँ,बैशाख १२ ।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य तथा वडा नं ८ का पुर्व सदस्य माधव पौड्यालले पार्टीमा विद्रोह गर्दै वडा नं ८ को अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं ८ को सदस्यमा निर्वाचित बनेका पौड्याल अनेरास्ववियुका पुर्व सचिवालय सदस्य हुन्।
वडा नं ८ को सुन्दरबस्ती क्षेत्रमा सामाजिक गतिविधिमा सक्रिय बन्दै नेकपा एमालेको राजनीतिमा प्रवेस गरेका उनले आज वडा अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराउदै नेकपा एमालेले आफुलाई अन्याय गरेको बताएका छन।
जनपक्षीय चलचित्रकर्मी संघको केन्द्रीय सचिवालय सदस्य समेत रहेका पौड्यालले लोकप्रिय जनप्रतिनिधिको पहिचान बनाएका थिए।
उम्मेदवारी दर्ता पत्र :
तपाइँको प्रतिक्रिया ।