नेपाल राष्ट्रिय तामाङ घेदुङ द्वारा श्री बौद्धनाथ क्षेत्र बिकास समितिको नवनियुक्त पदाधिकारीहरुलाइ बधाई तथा शुभकामना

कपन अनलाइन

काठमाडौँ, बैशाख १२।  श्री बौद्धनाथ क्षेत्र बिकास समितिको नवनियुक्त पदाधिकारीहरुलाइ बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।नेपाल राष्ट्रिय तामाङ घेदुङ्को आयोजनामा नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत श्री बौद्धनाथ क्षेत्र बिकास समितिका नवनियुक्त अध्यक्ष राज कुमार लामा र कार्यकारी निर्देशक नयन कुमार लामा लगाएतका पदाधिकारीहरुलाइ बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

बौद्ध स्थित होटल तिब्बतमामा भएको उक्त कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष केडि मोक्तान  , समाजसेबी ज्ञानु लामा, तामाङ डाजाङ्का अध्यक्ष फुलकुमार बम्जन, उत्प्रेरक विकास योन्जन लगायतको  उपस्थित रहेको कार्यक्रम नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रबिण बल तामाङले संचालन गरेका थिए । कार्यक्रममा नवनियुक्त पदाधिकारीहरुलाई बधाई सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको  थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।