काठमाण्डौमा गठबन्धन हुने सम्भावना…

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १२ ।

काठमाण्डौ जिल्लाका ११ स्थानीय तहमा पाँच दलीय गठबन्धन हुने सम्भावना देखिएको छ ।

नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शिर्ष नेताहरुले गठबन्धनका लागि निर्देशन दिए संगै अहिले प्रदेस स्तरीय बैठक बस्ने तयारी भएको श्रोतले जानकारी दिएको छ।

काठमाण्डौ महानगरपालिकामा यस अघि सृजना सिंह र रामेश्वर श्रेष्ठलाई प्रमुख र उपप्रमुख उम्मेदवार बनाएको गठबन्धनले काठमाण्डौका १० नगरपालिकामा पनि गठबन्धनको तयारी गरिएको बुझिएको छ।

हाल सम्म काठमाण्डौका कुनै पनि नगरपालिकामा प्रमूख र उपप्रमुख पदका उम्मेदवार चयन नगरेको कांग्रेसमा अहिले निकै अन्यौल र बेचैनी देखिएको एक नगर सभापतिले बताएका छन।

तपाइँको प्रतिक्रिया ।