नेकपा एमालेका महानगर र उपमहानगरको उम्मेदवार छानिए ,काठमाण्डौमा केशव स्थापित

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ११ ।

नेकपा एमालेले बिराटनगर महानगरपालिका र दुई उपमहानगरपालिका बाहेक उम्मेदवार टुंगो लगाएको छ । बैशाख १० गते  बसेको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयर सुनिता डंगोललाई उम्मेदवार बनाउने एमालेको निर्णय गरेको  छ ।

को को बने ?

६ महानगरपालिका :

१. काठमाडौँ- प्रमुख : केशव स्थापित
उपप्रमुख: सुनिता डंगोल
२. ललितपुर- प्रमुख: हरिकृष्ण व्यञ्जनकार
उपप्रमुख : मञ्जली शाक्य बज्राचार्य
३. पोखरा – प्रमुख: दीपक पौडेल र
उप प्रमुख: मञ्जु देवी गुरुङ
४.भरतपुर- प्रमुख: विजय सुवेदी
उपप्रमुख: बाँकी
५. वीरगञ्ज- प्रमुख: विजय सरावगी
उपप्रमुख: बाँकी (तालमेल हुने)
६. विराटनगर- प्रमुख: बाँकी
उपप्रमुख: बाँकी
 ११ वटा उपमहानगरपालिकामा :
१. इटहरी: प्रमुख यमकुमार सुब्बा/ उपप्रमुख संगीता चाैधरी
२.धरान : प्रमुख मञ्जु काफ्ले/ पदम लिम्बु उपप्रमुख
३.जनकपुर : प्रमुख बाँकी / उपप्रमुख बाँकी
४.हेटौंडा : प्रमुख अनन्त पौडेल/ उपप्रमुख सुमित्रा काफ्ले
५.कलैया : प्रमुख विनाेद साह / उपप्रमुख बाँकी
६.जितपुर सिमरा: प्रमुख बाँकी/ उपप्रमुख बाँकी
७.बुटवल : प्रमुख बाबुराम भट्टराई/ उपप्रमुख सावित्रा देवी अर्याल
८.तुल्सीपुर : प्रमुख टीकाराम खड्का / उपप्रमुख सानी चाैधरी
९.घोराही : प्रमुख नरुलाल चाैधरी/ उपप्रमुख मनकुमारी डिसी
१०.नेपालगन्ज: प्रमुख पशुपतिदयाल मिश्र/ उपप्रमुख शान्तिदेवी ढकाल
११.धनगढी : प्रमुख रणबहादुर चन्द/ उपप्रमुख कन्दकला राना थारु
तपाइँको प्रतिक्रिया ।