कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा कृष्णहरि थापा सर्वसम्मत सिफारिस
कपन अनलाइन
काठमाडौं बैशाख १० । कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा कृष्णहरि थापा सर्वसम्मत रुपमा सिफारिस भएका छन । थापालाई नेकपा एकीकृत समाजवादीले सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।
सत्तागठबन्धनले अघिल्लो निर्वाचन जुन पार्टीले जहाँ जितेको छ ,त्यसले त्यहीँ पाउने निर्णय गरेपछि काठमाडौंका दश नगर प्रमुखहरु मध्ये एकल सनाखत गरेका थापाले पुन नेकपा एकीकृत समाजवादी बाट सर्वसम्मत रुपमा सिफारिस भएका छन। यद्यपी सत्तागठबन्धनबाट सो विषयमा टुंगो लाग्न भने बाँकी नै छ । करिब ५ वर्ष कागेश्वरी मनोहरा नगरपालिकाप्रमुख भएर कार्यकाल सम्हाललेका थापाले नगरपालिकाको बिकासमा उल्लेखनीय योगदान पुर्याएका छन भने कोरोना प्रकोपको विषम जटिलतालाई अवसरमा बदलेर महत्वपूर्ण स्वास्थ्य पूर्वाधार खडा गर्न पनि सफल भएका छन ।
आफ्नो पांच बर्षे कार्यकालको दौरान नगरपालिकाको दीर्घकालीन योजना तथा प्रशासनिक नीतिगत र कानुनी पूर्वाधारका साथै बिकासका पूर्वाधार निर्माण गर्न केन्द्रित भइ संगालेको अनुभब र आफैले सुरुवात गरेका धेरै अधुरा काम पुरा गर्न पनि आफ्नो उम्मेदवारी रहेको थापा बताउछन । आफुले जिते नगरमा थप राम्रो काम गर्ने उनले प्रतिबद्धता जनाएका छन ।