गोकर्णेश्वर नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना, कहाँ छ ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ९।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि  गोकर्णेश्वर नगरपालिकामा  निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।नगरपालिकाको वडा नं  ८  को  पुरानो   वडा कार्यलय भवन बेसिगाउ जोरपाटीमा  निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

 

निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसंगै अधिकृत  रन्जु गौतमले   निर्वाचन कार्यतालिका सार्वजनिक गरेकी छन  ।भट्टराईलाई  गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसे , उप प्रमुख शान्ती नेपाल,   नगरपालिका प्रमुख प्रशासकीय अधिकृत  बैकुण्ठ प्रसाद सापकोटा वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ लगायत कर्मचारीहरुले   स्वागत गरेका थिए  ।  गोकर्णेश्वर  नगरपालिकाको निर्वाचन प्रक्रियालाई विवादरहित ढंगबाट सफल बनाउनका लागि   अधिकृत  गौतमले  निर्वाचनको तयारीका लागि राजनीतिक दलहरुबीच छलफल गर्ने भएकी  छन् ।वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । त्यसका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ।

तपाइँको प्रतिक्रिया ।