गोकर्णेश्वर नगर प्रमुखमा नेपाली कांग्रेसका युवा नेता बिमल ठकुरीको दावी
कपन अनलाइन
काठमाडौँ, बैशाख ८ । वैशाख ३० गते स्थानीय निकायको निर्वाचन मिति घोषणा भएको छ । जति जति निर्वाचनको मिति नजिकिँदै छ, त्यति त्यति माहौल तात्दै गएको छ । यसै सन्दर्भमा गोकर्णेश्वर नगरपालिका बाट नगर प्रमुख पदमा कांग्रेसका उम्मेदवारका रुपमा बिमल ठकुरीको नाम चर्चामा छ ।
२०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस काठमाडौं जिल्ला क्षेत्र नं ३ प्रदेश ‘ख’ का प्रदेश सभापति बिमल ठकुरीले गोकर्णेश्वर नगर प्रमुख पदमा उम्मेदवारका रुपमा दावी गरेका छन। २०७४ सालको बागमती प्रदेश सभाका प्रत्यासी समेत रहेका ठकुरी बागमती प्रदेशका पुर्व मन्त्रि रामेश्वर फुयाल संग झिनो मतले पराजित भएका थिए ।
स्व. चक्र बहादुर ठकुरीका सुपुत्र बिमल ठकुरी लामो समय देखि राजनीति संगै सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका छन । प्रदेशमा पराजित भए संगै नेपाली कांग्रेसको संगठन निर्माणमा केन्द्रित बनेका ठकुरी युवा माझ लोकप्रिय मानिन्छन ।राजनीतिलाइ पेशाको रुपमा नभई सेवाको रूपमा लिएर जनताका काममा निरन्तर लाग्ने र नगरको विकास तथा समृद्दिका लागि सम्बन्धित निकायहरू सँगको सहकार्यमा काम गर्ने योजना बनाएको बताएका छन ।
पार्टीवृतमा कर्मशील भएर पार्टीको हरेक काममा लागी परि रहने व्यक्तिको रूपमा चिनिने ठकुरी नगरको सबै वडाहरूमा राम्रो पहिचान स्थापित गराएका छन् । उनी भन्छन्, ‘म गोकर्णेश्वर नगरको कुना काप्चाको ठाउँ, गाउँ घुम्ने देखि कुन ठाउँमा कति मानिस बस्दछन् ? कुन समुदायको प्रभुत्व छ ? त्यो ठाउँमा के कस्तो कुराको आवश्यक छ भनेर सबै वडाका समस्यहरुको आँकडा सहित जानकार रहेको बताउछन । भ्रष्टाचारलाई निर्मुल पारी सुशासन कायम गर्दै नागरिकका समस्याहरुको पहिचान गरि दिगो समाधानका लागी प्रतिवद्ध रहको पनि उनले बताएका छन ।
नेतृत्व परिवर्तनशील हुनुपर्छ, नेतृत्व परिवर्तन भएन भने युवा पुस्ताले पालो नपाउने हुँदा आफु मेयर पदमा निर्वाचित भएको खण्डमा अर्को पटक पुन सोहि पदमा नउठ्ने ठकुरीले बताएका छन । उनि भन्छन ‘एक कार्यकाल भन्दा बढी सोहि पदमा बस्दा नयाँले अवसर नपाउने हुँदा नयाँको लागि मार्ग प्रसस्त गर्नुपर्छ ’ ।स्थानिय तहको निर्वाचनमा नगरपालिकाका समृद्धिका आधारहरु र सिर्जनशील सोचहरु बोकेर गोकर्णेश्वर नगरपालिकामा प्रमुख पदमा दाबी गरेको ठकुरीको भनाई छ ।