चामुण्डा देबीको रथयात्राको पुर्व सन्ध्यामा मन्दिर  र टोल सरसफाईमा जुटे स्थानीय

कपन अनलाइन

काठमाडौं चैत्र २५। हरेक वर्ष चैत्र अष्टमिका दिन गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा रहेको चामुण्डा देबीको रथयात्राको पुर्व सन्ध्यामा मन्दिर परिसर  र टोल सरसफाई गरिएको छ । श्री चामुण्डा लासेटार सेवा समाजजको आयोजना गरिएको उक्त  सरसफाई कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा सदस्य मुकुन्द फुयाल सहित आयोजक संस्थाका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो।

हरेक वर्ष चैत्र अष्टमिका दिन पन्चवली सहित निकालिने रथ लाइ जोरपाटी , आरुबारी , नयाबस्ती हुंदै पुन चामुण्डा मन्दिरमै ल्याई  विसर्जन  गरिने परम्परा रहेको छ ।२०४१ साल देखि निरन्तर निकालिंदै आएको चामुण्डा रथयात्रा  उल्लेख्य भक्तजनको सहभागिता रहने गरेको छ ।

तपाइँको प्रतिक्रिया ।