पलेशा गोवर्धन र सिर्जना घिसिङ्गले खेल्ने निश्चित
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २४।
सन् २०२२ अक्टोवर ९ देखि १५ तारिखसम्म चीनमा सञ्चालन हुने हांग्जाउ २०२२ एसियन पारा गेम्स को लागि नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन (के.४४, ५७ केजीमुनी र सिर्जना घिसिङ्ग (के ४४, ५२ के.जीमुनी )का खेलाडीहरुले खेल्ने निश्चित गरेको छ ।
विश्व तेक्वान्दो महासंघको मिति २०२२÷०४÷०७ गतेको पत्र अनुसार पलेशागोवर्धन विश्वको ९ औं रङ्किङ्ग र सिर्जना घिसिङ्गले विश्वको १० औं रङ्किङ्ग बरियतामा रहेकोले वाइल्ड मर्फत हांग्जाउ २०२२ एसियन पारा गेम्स खेल्ने निश्चित गरेको पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।
पलेशा गोवर्धन टोकियो ओलम्पिकमा दुई फाईट जित्ने र एशियन युथ गेम्समा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । सिर्जना घिसिङ्गले एशियन युथ गेम्स र डब्लु टी प्रसिडेन्ट कप एसियन रिजनमा रजत पदक जितेकी थिइन् । प्रशिक्षक लामाका अनुसार हांग्जाउ २०२२ एसियन पारा गेम्सबाट नेपालले पदक ल्याउने ठुलो आशा रहेको बताए ।