गोकर्णेश्वरमा गठबन्धन प्रभाव : कांग्रेसलाई “कम्फर्टेवल” र एमालेलाई “संघर्ष”

गोकर्णेश्वरमा गठबन्धन प्रभाव : कांग्रेसलाई “कम्फर्टेवल” र एमालेलाई “संघर्ष”

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २४।

२०७४ सालको स्थानीय तहमा आएको मत परिणाम हेर्दा गोकर्णेश्वर  नगरपालिकामा गठबन्धन बनेको अवस्थामा नेपाली कांग्रेसलाई  बर्चस्व जोगाउन “कम्फर्टेवल”  देखिएको छ ।

२०७४ सालको निर्वाचनमा गोकर्णेश्वर  नगरपालिकामा प्रमुख पद जितेको नेपाली कांग्रेसले ९००९ मत प्राप्त गरेको थियो भने दोश्रो स्थानमा रहेको नेकपा एमालेले ७५९५ मत प्राप्त गरेको थियो।

त्यस्तै सो निर्वाचनमा तेश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २०२६  मत प्राप्त गरेको थियो भन तत्कालिन संनयाँ शक्ति पार्टी नेपालले २०४ मत प्राप्त गरेको थियो।

सो निर्वाचनको मत परिणाम हेर्दा हाल बनेको गठबन्धनका पक्षमा ११२३९ मत हुन्छ भने नेकपा एमालेले प्राप्त गरेको ७५९५  मत घटाउँदा गठबन्धन ३६४४ मतले अगाडी देखिन्छ।

त्यस्तै अघिल्लो निर्वाचनको मत परिणाममा ३६४४  मतले गठबन्धन भन्दा पछाडी रहेको नेकपा एमालेलाई विजयी प्राप्त गर्न नेकपा एकीकृत समाजवादीले काट्ने मत समेत नयाँ थपिएका मतदाताबाट भर्पाइ गर्नुपर्ने अवस्था रहेको एक बुद्दिजीवीले बताएका छन।

त्यस्तै गोकर्णेश्वर  नगरपालिकाको उपप्रमुखमा ने[नेपाली कांग्रेसले ८५९८ मत प्राप्त गरेको थियो भने नेकपा एमालले ८०६२  र नेकपा माओवादी केन्द्रले २२०३ मत प्राप्त गरेको थियो।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका सन्तोष चालिसे   नगर प्रमुख पदमा विजयी बनेका थिए भने नेकपा एमालेका पुन्य चौलागाई  दोश्रो र नेकपा माओवादी केन्द्रका तेज राज नेपाल तेश्रो स्थानमा रहेका थिए  ।

सो निर्वाचनमा चौथो स्थानमा रहेको राप्रपाका श्याम कृष्ण श्रेष्ठले ७८५   मत प्राप्त गरेका थिए   भने नयाँ शक्ति पार्टी नेपालका तुलसी राम पौडेलले २०४ मत प्राप्त गरेका थिए।

पाँच वर्ष अगाडिको मत परिणामका आधारमा रहेर बैशाख ३० गते हुने निर्वाचनको नतिजाको आंकलन र विश्लेषण गर्दा आउने निर्वाचनमा नेकपा एमाले जित निकाल्न  निकै संघर्ष  गर्नुपर्ने देखिन्छ भने  पाँच दलीय गठवन्धनलाई केहि सहज हुने  एक स्थानीय नेता बताउछन।

तपाइँको प्रतिक्रिया ।