बोयर जातको बोका पाउँदा बुढानिलकण्ठ -१ का कृषक दंग

बोयर जातको बोका पाउँदा बुढानिलकण्ठ -१ का कृषक दंग

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २५।

बुढानीलकण्ठ नगरपालिका वडा नं.१ ले वडाभित्र संचालित कृषक समूहलाई बोयर जातको बोका वितरण गरेको छ।

वडा नं.१ तौलुङ चौतारामा नगर उपप्रमुख रमादेवी राईको प्रमुख आतिथ्यता र वडाध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा भएको कार्यक्रमकामा  तीनवटा कृषक समूहलाई चारवटा बोयर जातको बोका वितरण गरिएको थियो ।

वडा नं.१ मा रहेको तौलुङ बाख्रा पालन समूहलाई दुईवटा, सिमली कृषि समूहलाई एकवटा र भङ्गाल टोल बाख्रा पालन समूहलाई एकवटा गरि चारवटा बोका  हस्तान्तरण गरिएको थियो।

नगरपालिकाद्वारा वडा नं.१ को लागि विनियोजित बजेट रकमले उक्त चारवटा बोका नगर पशु विकास शाखाका चिकित्सक काजीबहादुर श्रेष्ठले हेटौंडामा संचालित कृषि फर्मबाट ५ लाखमा खरिद गरि ल्याएर कृषक समूहलाई वितरण गरिएको जानकारी दिएका छन ।

चिकित्सक श्रेष्ठले बोका प्राप्त गर्ने कृषक समूहलाई नगरपालिका र समूह बीच भएको सम्झौता र शर्तको बारेमा पनि चर्चा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।