कागेश्वरी मनोहरा नगर प्रमुख : को को छन नेपाली कांग्रेसका सम्भावित दावेदारहरु ?
कपन अनलाइन
काठमाडौँ, चैत्र २३ । बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै अहिले कागेश्वरी मनोहरा नगरपालिकामा पनि सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं ४ र ७ मा मात्र अध्यक्ष पद जितेको नेपाली कांग्रेसले यस पटकको निर्वाचनमा नगर प्रमुख,उपप्रमुख सहित अन्य वडामा पनि जित्ने दावी गर्दै तयारीलाई अगाडी बढाएको छ।
क्षेत्र ,प्रदेस क्षेत्र र क्षेत्रमा नयाँ नेतृत्व चयन गर्दै निर्वाचनको तयारीमा लागेको नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखको पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१) गोबिन्द हरि पुडासैनी
नेपाली कांग्रेस काठमाडौं जिल्ला सचिब गोबिन्द हरि पुडासैनीले आसन्न स्थानीय तहको निर्वाचनमा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख पदको प्रवल दावेदारका रुपमा रहेका छन।
लामो समय नेपाली कांग्रेसको बिभिन्न कार्यसमितिमा रहेर काम गरिसकेका पुडासैनी काठमाडौं जिल्लाको कोषाध्यक्ष हुदै हाल काठमाडौं जिल्ला सचिब रहेका छन । पुडासैनी यस पटकको निर्वाचनमा उम्मेदवारी दिनका लागि आन्तरिक छलफललाई तीव्र बनाएको उनि निकट श्रोतले जानकारी दिएको छ।
२) उपेन्द्र कार्की
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ का पुर्व क्षेत्रीय सभापति उपेन्द्र कार्की आसन्न स्थानीय तहको निर्वाचनमा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख पदको प्रवल दावेदारका रुपमा रहेका छन।
नेपाली कांग्रेस पार्टीमा धेरै लामो समयसम्म योगदान र संघर्ष गर्दै आएका कार्की गत स्थानीय तहको निर्वाचनमा समेत कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख पदका उम्मेदवार रहेका थिए ।