बुढानिलकण्ठ-१२ को स्प्रिङ्ग बड मन्टेश्वरीका बालबालिकाका साथमा अजिज फाउन्डेसनको Good Deeds Day

बुढानिलकण्ठ-१२ को स्प्रिङ्ग बड मन्टेश्वरीका बालबालिकाका साथमा अजिज फाउन्डेसनको Good Deeds Day

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २२।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको अजिज फाउन्डेसनले बुढानिलकण्ठ-१२,जोरधारा स्थित स्प्रिङ्ग बड मन्टेश्वरी स्कुलका बालबालिकाका साथमा असल कार्यको लागि अभियान (Good Deeds Day)  भव्यरूपमा मनाएको छ।

यस दिवसका अवसरमा अजिज फाउण्डेशनले स्कुल परिसरका भित्तामा बालबालिकाका साथ विभिन्न ּभित्ता ּचित्रकला गरी मनाएका छन् ।

राम्रा र असल काम बारे उत्सव मनाउने अन्तराष्ट्रिय अभियान हो – असल कार्यको लागि अभियान (Good Deeds Day) जसलाई अन्तराष्ट्रिय असल कार्य दिवस (International Good Deeds Day) पनि भनिन्छ।

यो अभियान विश्वका १०८ भन्दा बढी देशमा सन् २००७ देखि मनाईदै आएको छ। विश्वभरीका लाखौ मानिसहरु यस अभियनसंग जोडिएका छन् ।नेपालमा पनि सन् २०१७ देखि यस अभियान शुरू भएको छ ।

विभिन्न गैर-सरकारी संघ-संस्थाले विभिन्न कामहरु गर्दै शुरू भएको यस अभियान यस वर्ष पनि ३ अप्रिल २०२२ का दिन संयुक्त रुपमा बृहत कार्यक्रमका साथ नेपालमा विभिन्न ठाउँहरुमा मनाइएका छन्।

सो अवसरमा  अजिज फाउण्डेशनका तर्फबाट अध्यक्ष सर्की ल्हमु शेर्पा, कार्यकारी निदेशक रोसन भण्डारी तथा स्प्रिङ्ग बड मन्टेश्वरीका संस्थापक ङावाङ दोर्जे शेर्पा र स्कुल व्यवस्थापनका तर्फबाट पाल्जु शेर्पा लगायतको सहभागिता रहेको थियो ।

असल कार्यको सुरुवात सानै बालबालिका देखिनै रहनु पर्ने हुनाले यस वर्ष यो दिवस स्कुलका बालबालिकाका साथ मनाइएको बताउदै   अध्यक्ष सर्की ल्हमु शेर्पाले  असल कामका अनुभवहरु बाडेर  असल र राम्रा कामले नै हामी, हाम्रो समाज, देश र विश्वलाई बदल्न सकिने बताएकी छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।