नेपाली कांग्रेस बुढानिलकण्ठको प्रजातान्त्रिक अभ्यास,नगर प्रमुख र उपप्रमुखमा २५ नेता आकांक्षी
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २०।
नेपाली कांग्रेस बुढानिलकण्ठले २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन् चाहाने आकांक्षीहरु संग छलफल गरेको छ।
सिमित नेता र समितीमा मात्र छलफल गरेर उम्मेदवार सिफारिस गर्ने पुरानो प्रचलन परिवर्तन गर्दै नगर प्रमुख र उपप्रमुखका आकांक्षीहरुको नाम वडा समिती संग मागेको नेपाली कांग्रेस बुढानिलकण्ठले उम्मेदवार हुन् इच्छुक नेताहरु संग अन्तरक्रिया गरेको हो।
संगठन विस्तार,परिचालन र रचनात्मक गतिविधिलाई प्राथमिकतामा राखेर निर्वाचनको तयारीमा रहेका नेपाली कांग्रेस बुढानिलकण्ठका सभापति राजाराम बुढाथोकीले सबै नेताहरुको उम्मेदवारी दावी गर्ने प्रजातान्त्रिक अधिकारलाई सम्मान गर्दै सो छलफल आयोजना गरिएको बताएका छन।
बुढानिलकण्ठ नगरपालिकाको नेतृत्व गर्न सक्षम अग्रज देखि युवाहरु सम्मका नेताहरु संगको छलफल र अन्तरक्रियाले पार्टी परिचालन र सामुहिक प्रतिनिधित्वको अवसर सृजना गरेको बताउदै सभापति बुढाथोकीले चाडै नै सबै वडा र नगरका उम्मेदवार तय गरेर निर्वाचन अभियानमा जाने जानकारी दिएका छन।
को को छन नगर प्रमुखका आकांक्षीहरु ?
बुढानिलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसबाट नगर प्रमुख पदको उम्मेदवार बन्नका लागि १२ जनाले दावेदारी प्रस्तुत गरेका छन। नगर प्रमुख पदको दावी गर्नेमा गोकर्ण केसी ,इन्द्र बहादुर थापा ,राजाराम बुढाथोकी ,बिनोद चालिसे,कृष्ण कुमारी बस्नेत ,मिना पराजुली ,बिजेन्द्र श्रेष्ठ,दामोदर भट्टराई ( बद्री ) , भोलानाथ लामिछाने ,अच्युत पौडेल ,रामकृष्ण केसी र जया भण्डारी रहेका छन।
को को छन नगर उपप्रमुखका आकांक्षीहरु ?
बुढानिलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसबाट नगर उपप्रमुख पदको उम्मेदवार बन्नका लागि १३ जनाले दावेदारी प्रस्तुत गरेका छन। नगर उपप्रमुख पदको दावी गर्नेमा रिता बुढाथोकी ,पवित्रा पोखरेल ,अम्बिका राना ,ललिता देवी गुरुङ ,रमिला वाग्ले ,सुभद्रा खड्का ,तारा देउवा ,लक्ष्मी कार्की सिटौला ,सरिता केसी ,कमला खनाल ,बबिता बुढाथोकी ,तारा केसी र मिथिला ढकाल रहेका छन।