गोकर्णेश्वर नगरपालिका वडा नं ४ अध्यक्ष : को को छन नेपाली कांग्रेसका सम्भावित दावेदारहरु ?
कपन अनलाइन
काठमाडौँ चैत्र १६ ।२०७९ बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै गोकर्णेश्वर नगरपालिका वडा नं ४ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा २ सदस्य जितेको नेपाली कांग्रेसका तर्फ बाट विभिन्न नेताहरुले वडा अध्यक्ष पदका लागि आन्तरिक रुपमा तयारी थालेका छन।
शाखा र टोल कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. ज्ञान कुमार श्रेष्ठ
नेपाली कांग्रेस गोकर्णेश्वर वडा नं ४ इकाई सभापति ज्ञान कुमार श्रेष्ठ आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ४ को अध्यक्षमा संभावित प्रवल दावेदारका रुपमा रहेका छन।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन बाट अध्यक्षमा निर्वाचित श्रेष्ठ राजनीति संगै लेखापढी व्यवसाय र विकास निर्माण सहित सामाजिक क्षेत्रमा पनि सक्रिय रहदै आएका छन।
२. जयराम महत
गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य तथा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ (ख)का सचिब जयराम महत आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ४ को अध्यक्षमा संभावित बलियो दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा १०६३ मत सहित वडा सदस्य निर्वाचित महत राजनीति संगै विकास निर्माण र सामाजिक क्षेत्रमा पनि सक्रिय रहदै आएका छन।
३. किरण केसी
नेपाली कांग्रेसका पुर्व क्षेत्रीय कोषाध्यक्ष एबम हालका क्षेत्रीय प्रतिनिधि किरण केसी आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ४ को अध्यक्षमा संभावित दावेदारका रुपमा रहेका छन।राजनीति संगै स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सक्रिय रहेका छन ।
४. ईश्वर पाण्डे
नेपाली कांग्रेसका साबिक गोकर्णेश्वर ९ का सचिव ईश्वर पाण्डे आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ४ को अध्यक्षमा संभावित दावेदारका रुपमा रहेका छन। उनि धार्मिक कर्मकाण्ड सेवा संगै राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय रहेका छन ।