नेपाली कांग्रेस  बुढानिलकण्ठ नगर समितिको  तेस्राे स्वास्थ्य शिविर सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १७।

नेपाली कांग्रेस  बुढानिलकण्ठ नगर समितिको  तेस्राे स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा निःशुल्क औषधीसहित बिभिन्न् राेगहरूकाे उपचार गरिएको  शिविरमा ४२५ जनाले स्वास्थ्य सेवा लिएका थिए ।

चुनिखेलकाे टुपेकमा आयाेजित स्वास्थ्य शिविरमा  भिडियाे एक्सरे तथा इसिजीसहित सल्यक्रियाकाे परामर्श सेवा समेत प्रदान  गरिएकाे थियाे ।

छाला, नाक,कान, घाँटी, आँखा सहित  बिभिन्न राेगहरूकाे छुट्टाछुट्टै स्टल राखेर आयाेजित स्वास्थ्य शिविरमा काठमाडाैँ मेडिकल कलेजका स्वास्थ्यकर्मी उपचारमा संलग्न रहेका थिए । स्वास्थ्य शिविर जिपि काेइराेला फाउण्डेसन तथा नेपाली काँग्रेस बुनपा १३ इकाइ सह आयाेजक रहेका थिए ।

जनताकाे सेवा गर्ने अवसरका रूपमा स्वास्थ्य शिविरकाे कार्यक्रम आयाेजना गरिएकाे नगर समितिका सभापति राजाराम बुढाथाेकीले जानकारी दिएका छन।

गाउँ घर टाेल छिमेकमै विशेषज्ञ डाक्टरकाे टाेली पुग्दा स्थानीयवासी उत्साहित भएकाे बताउदै उनले राजनीति संगै जनहितकारी अभियानलाई नेपाली कांग्रेस बुढानिलकण्ठले प्राथमिकता दिएको जानकरी दिएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा चैत्र ९ गते ,वडा नं ४ मा चैत्र ३० गते ,वडा नं ८ मा चैत्र २४ गते र वडा नं १३ मा चैत्र १६ गते संचालन हुने सो स्वास्थ्य सिविरमा “होलबडी” परिक्षण सहित विभिन्न सेवाहरु उपलव्ध हुने नगर सह सचिव तथा स्वास्थ्य विभाग प्रमुख कुमार खड्काले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।