बुढानिलकण्ठ नगरपालिका वडा नं ११ : को को छन नेकपा एसका सम्भावित दावेदारहरु ?
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १५।
२०७९ बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष सहित सबै सदस्य नेकपा एमालेले जितेको यस वडामा नेकपा एकीकृत समाजवादीबाट आगामी निर्वाचनमा वडा अध्यक्ष पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।
नेकपा एमाले विभाजन पश्चात बनेको नेकपा एसबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को वडा अध्यक्ष पदमा दावेदारी दिन सक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. हरिराम ढुंगाना
नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष हरिराम ढुंगाना आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एसको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन।
साविक कपन गाविसमा नेकपा एमालेको नेतृत्वदायी स्थानमा रहेर लामो समय सक्रिय ढुंगाना राजनीति संगै विभिन्न संघ संस्थामा पनि सक्रिय रहेका छन।
२. बिमल लामा
नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कमिटीका अध्यक्ष बिमल लामा पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एसको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानिय तहको निर्वाचनमा १२३९ मत सहित नेकपा एमालेको तर्फ बाट वडा सदस्यमा निर्वाचित भएका लामा राजनीति संगै विकास निर्माण र सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन।
३. रेणुका पराजुली (पौडेल )
नेकपा एकीकृत समाजवादी नेतृ रेणुका पराजुली (पौडेल ) पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एसको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को अध्यक्षमा सम्दाभावित वेदारका रुपमा रहेका छन।
लामो समय देखि राजनीतिमा सक्रिय रहेकी पराजुली विभिन्न संघ संस्था र महिला समुहहरुमा सक्रिय रहेकी छन।
४. काजी फुँयाल
नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कमिटीका उपाध्यक्ष काजी फुँयाल पनि नेकपा एसको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को अध्यक्षमा सम्दाभावित वेदारका रुपमा रहेका छन।
लामो समय देखि राजनीतिमा योगदान दिएका फुँयाल विभिन्न संघ संस्थामा सक्रिय रहेका छन।
५. काजी थापा
नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कमिटीका सचिव काजी थापा पनि नेकपा एसको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को अध्यक्षमा सम्दाभावित वेदारका रुपमा रहेका छन।
लामो समय देखि राजनीतिमा योगदान दिएका थापा विभिन्न संघ संस्थामा सक्रिय रहेका छन।