थोत्रा कपडा फिर्ता गर्न गृहको निर्देशन

थोत्रा कपडा फिर्ता गर्न गृहको निर्देशन

२३ वैशाख, काठमाडौं । भूकम्पपीडितको सहायतार्थ भारतबाट प्राप्त २२ पोका थोत्रा लुगा वितरण नगर्न गृह मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

DSC07755-1024x576

गृह मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भारतबाट प्राप्त २२ पोकाका लुगा प्रयोग भैसकेको पाइएकोले ती वितरण नगर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।

दैवीप्रकोपमा परेका पीडितलाई पुराना लुगा दिँदा राम्रो सन्देश नगएकाले त्यस्ता थोत्रा कपडा सहायताका नाममा उठाउन र वितरण गर्न विगत दुई वर्षदेखि बन्द गरिएको बताउनुभयो । “बाढी पीडित, भूकम्पपीडितलाई थोत्रा कपडा सहयोग गर्न पार्इँदैन, यो काम दुई वर्षदेखिनै बन्द भएको छ, त्यसैले भारतबाट प्राप्त त्यस्ता कपडा फिर्ता पठाइदिन भनेको छौँ,” प्रवक्ता ढकालले भन्नुभयो ।

तपाइँको प्रतिक्रिया ।