तेजाब छेपाछेप गर्दा सातजना अस्पतालमा

जनकपुर ।२१ बैशाख

पारिवारिक विवादमा जलेश्वरको शंकरचोक २ मा तेजाब छेपाछेप हुँदा महोत्तरीमा सातजना घाइते भएका छन् । काका भतिजाबीचको जग्गा विवादले तनावको रुप लिएपछि आज बिहान भतिज अजय शाहले पसलबाट एसिड ल्याएर काका पर्ने सत्यनारायण शाहलाई शरीरमा हानेको प्रहरीले जनाएको छ ।

एसिड प्रहार गर्दा आसपासमा बस्नेलाई पनि एसिड लागेको बताइएको छ । सत्यनारायणलाई भारततिर लगिएको पारिवारिक स्रोतले बताएको छ। अजयलाई स्थानीयले समाएर प्रहरीलाई बुझाएका छन्।

तपाइँको प्रतिक्रिया ।