भूकम्प पिडीतहरुलाई साम्तेनको स्वास्थ्यशिविर

भूकम्प पिडीतहरुलाई साम्तेनको स्वास्थ्यशिविर

बुढानिलकण्ठ नगरपालिका वडा नं १३, कपनटारमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । युनाइटेड टुङ्ग्राम बुद्धिष्ट फाउण्डेशनको सहयोगमा विर अस्पताल र पाटन अस्पतालको चिकित्सक टोलीले करिब ६५१ जनाको निशुल्क स्वास्थ्य परीक्षण गरेको विद्यालयका संस्थापक निम्तो शेर्पाले कपनअनलाइनलाई बताए ।

DSC00042-1024x982 (1)

विशेष गरी विनाशकारी भुकम्प पिडितका साथै स्त्री रोग, दन्त रोग, बाल रोग सम्बन्धि विविध रोगका बारेमा स्वास्थ्य परिक्षण गरिएको थियो । स्थानीय ५ संस्थाहरु साम्तेन मेमोरियल एकेडेमी, कपन शेर्पा समाज, आधारशिला समूह, स्प्रिङ बड मन्टेश्वरी र सदाबहार खेलकूद समाजले संयुक्त रुपमा यो स्वास्थ्य शिविर सञ्चालन गरेका थिए ।

DSC00050-1024x768

यसैबीच साम्तेन मेमोरियल एकेडेमीले भुकम्प पिडितलाई चाँडै नै राहत कार्यक्रम पनि सञ्चालन गर्न लागेका शेर्पाले कपन अनलाइनलाई बताए ।

तपाइँको प्रतिक्रिया ।