फागुको रङ्ग : गोम विक्रम ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १२।
सञ्चार माध्यमहरू फागुमय भइरहेका थिए । युवायुवतीहरू जत्था– जत्थामा बाँडिएर मान्छ्यै नचिनिने गरी रङ्ग खेल्दै आफ्नो जत्थामा मिसाएर हिँडाउँथे, वातावरण रङ्गिलो बन्दै थियो ।
आफ्नै टोलको सांस्कृतिक कार्यक्रममा आमन्त्रित भै सहभागी हुन जाँदै थिएँ । नजिकैबाट उछिनेर सवारी के गएथ्यो सबैको जीउविरूप भैहाल्यो ।
‘हैट ! मोसो दले भन्दा लज्जित पार्दियो । ठूलाबडालाई सडकमा अरू पनि हिँड्छन् भन्ने ख्याल कहिले आउला?’ नजिकको धारामानिकै बेर पखाल्दा पनि कपडाको मैलो पटक्कै गएन । मेरो अझ बिजोग थियो ।
‘होलीले मेरो रङ्गायो नयाँ चोली रे…..’
मञ्चमा कलाकारको प्रस्तुति सँगै दर्शकहरू जोशले उफ्रिन्थे, नाच्थे र भिडमा रङ्गहरू फ्याँकिरहन्थे रातो, पँहेलो, हरियो …अनेक अनेक ।
‘को रहेछ आजको प्रमुख अतिथि? अघि कालो झण्डा देखाएका थिए होइन र ?’
‘कालो झण्डा होइनचीर दाहको लिङ्गो पो त ?’ साथीले ठट्टामा भन्यो ।
‘मन्त्रीहो र हिरण्यकशिपु पो त । कतिप्रह्लादहरूलाई सताएको छ ।’
‘होइनयिनका काण्डहरू छताछुल्लै छन् ।’ साथीहरू गफिदै गर्दा मेरो मन पूर्वस्मृतिमा फर्किरहेथ्यो । बाल्यकालमा निश्चल र आत्मीयमनले खेलेका होलीहरू, काकाले फकाएर राजनीतिमा लगाएका याद, जुलुसमा हिँड्दाका अपेक्षाहरू, माथिल्ला पदमा पुग्नेहरूले हामीलाई नचिनेका, पहुँच र तिकडमका भरमामन्त्री पड्काएर मुलुकखाएका स्मृतिका तस्विरहरू दिमागभरी आइरहे । त्यत्तिकैमा उद्घोषकले मञ्चबाट बोलाए, ‘….अब हाम्राआदरणीय…. यस समाजका विशिष्ट समाजसेवी व्यक्तित्व श्री केशरजङ्ग थापालाई प्रमुख अतिथिबाट सम्मान ग्रहणका निमित्त मञ्चमा उपस्थितिका लागि अनुरोध गर्दछु ।’
चिनि हालियो अघि हामीलाई विरूप हुने गरी हिलो छ्यापेर गाडीबाट चियाएर कुँदाउने तिनै अतिथिअबीर, फूलमाला र प्रशंशा–पत्रलिएर सम्मानका लागि तम्तयार थिए । दोमन भएँ पाइलो सरेन । साथीले बोलिहाले, ‘बाहिर मात्र रङ्ग्याएर के स्वाद भित्री मन रङ्ग्याउन नसकेपछि ?पहिले फोहोर्याएर रङ्ग दल्नुको के अर्थ ? न त आफू सफा?’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक