दीक्षान्त भाषण : लोकनाथ पुडासैनी ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १२।
त्यहाँ स्वदेशकाअतिरिक्त विदेशी विश्वविद्यालयका विद्वानहरूको समेत भव्य उपस्थिति थियो । छात्र छात्राहरू स्नातक र स्नातकोत्तर उपाधी ग्रहण गर्न र विद्वत् व्यक्तित्वहरूका सारगर्भित मन्तव्यबाट दीक्षित हुन निकै आतुर थिए । सबैका धैर्यताको बाँध फुट्नै लाग्दा सेनामेना सहित प्रमुख अतिथिको आगमन भयो । विद्वानहरूद्वारा तत्काल पानसमा दीप प्रज्वलन गरेर समारोहको उद्घाटन गरियो। करतलध्वनीका साथ तालीबज्यो । त्यसपछि पालो आयो दीक्षान्त भाषणको । प्रमुख अतिथि पोडियममा पुगे र मन्तव्यदिन सुरू गरे,
‘….सुन्दैछु यहाँहाम्रो मुख्यमन्त्रीलाई राजिनामा गराउने प्रपञ्च रचिँदै छ
रे । नगरे गलहत्याएर निकाल्ने रे … कोही छ उहाँलाई गलहत्याउन सक्ने माइकालाल? त्यति सजिलो छ भन्ठान्या होला?उहाँ त हाम्रो बाहो बा । … मैले ऐल्यै भन्द्या छु, निकाले फेरि दुइतिहाइ ल्याउँछु र यै कुर्ची कब्जा गर्न आउँछु । … बुझ्नु भो
भाइबैनीहरू ?’ ल त मेरा दुइशब्द यहीँ टुङ्ग्याउँछु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक