काठमाण्डौ क्षेत्र नं ४ का नेकपा एमालेका यी नेताले पाए महत्वपूर्ण जिम्मेवारी

काठमाण्डौ क्षेत्र नं ४ का नेकपा एमालेका यी नेताले पाए महत्वपूर्ण जिम्मेवारी

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ८।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का चार जना नेताहरुले महत्वपूर्ण जिम्मेवारी पाएका छन ।

नेकपा एमाले बागमती प्रदेस कमिटीको बैठकले निर्णय गरेर जारी गरेको सर्कुलरका अनुसार क्षेत्रको राजनीतिमा लामो समय सम्म नेतृत्व गरेका नेताहरुलाई इन्चार्ज र सहजकर्ताको जिम्मेवारी दिइएको  उल्लेख गरिएको छ।

बागमती प्रदेस कमिटी सदस्य तथा नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका अध्यक्ष निर्मल कुइकेललाई काठमाण्डौ क्षेत्र नं ४ को इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ भने बुढानिलकण्ठ नगर कमिटीको सहजकर्तामा प्रदेस कमिटी सदस्य उद्दव खरेललाई जिम्मेवारी दिइएको छ।

त्यस्तै नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ ( १ ) को इन्चार्जमा सुकुलाल सुनार ( संगम ) लाई जिम्मेवारी दिइएको छ भने प्रदेस कमिटी सदस्य मिठाराम अधिकारीले क्षेत्र नं ४ ( २ ) मा इन्चार्जको जिम्मेवारी पाएका छन।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।