मानव बेचबिखन प्रभावितहरुको पाँचौ रास्ट्रिय भेला सम्पन्न

कपन अनलाइन
काठमाण्डौ ,फागुन ३०।

मानव बेचबिखन नियन्त्रणका लागि बेचबिखन प्रभावितहरुको पाँचौ रास्ट्रिय भेला सम्पन्न भएको छ। गोकर्णेश्वर -५ मा रहेको पस ब्यान्केटमा भएको भेला रास्ट्रिय संजालकी संयोजक चरीमाया तामांगको अध्यक्षता तथा रास्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरको प्रमुख आतिथ्यतामा भएको थियो।

फागुन २९ र ३० गते भएको सो भेलाको उदघाटनमा रास्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली ,गैर सरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुबेदी ,नेपाल बार एसोसियसनका महासचिव लिलामणि पौडेल ,सामाजिक सुरक्षा नागरिक संजालका संयोजक तिलोत्तम पौडेल ,एटविनका अध्यक्ष सिता पौडेल ,मानव बेच बिखन ब्युरोका एस एस पी धन बहादुर मल्ल ,हाम्रो सम्मान परियोजनाकी प्रमुख जैनब अख्तर , उपप्रमुख सबिना प्रधान लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

देशभरका बेचबिखन प्रभावितहरुको सहभागिता रहेको सो भेलामा सिमा अनुगमन ,सीमापार उद्दार ,संरक्षण ,स्वदेस फिर्ति र सम्मानजनक पुनर्मिलन , कानुनी अधिकारको सुनिस्चितता साथै न्यायमा पहुँच ,श्रम ,आप्रवासन ,बेच बिखन र दासता ,सुरक्षित कार्यस्थल र मर्यादित काम .एच आइ भी ,प्रजनन तथा अन्य स्वास्थ्य सेवामा सुरक्षित र सहज पहुँच लगायतका विषयहरुमा प्रस्तुतीकरण दिइएको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।