बागमती प्रदेश तेक्वान्दो छनोट प्रतियोगिताको उपाधि काठमाडौंलाई
कपन अनलाइन
काठमाण्डौ ,फागुन २५ ।
काठमाडौं जिल्लाले बागमती प्रदेश तेक्वान्दो छनोट प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । १४ स्वर्ण, ५ रजत र १ कांस्य जित्दै बागमती टिम च्याम्पियन बन्यो ।
बागमती प्रदेश तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ४ कांस्य जितेको चितवन दोश्रो भयो । तेश्रो स्थानको धादिङले ३ स्वर्ण, २ रजत र ४ कांस्य हात पा¥यो ।
विजेतालाई नेपाली कांग्रेस ललितपुर जिल्लाका सभापति जितेन्द्र श्रेष्ठ, बागमती प्रदेश तेक्वन्दो संघका अध्यक्ष केशव पुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालाई ‘सेकेन्ड क्लस’ रेफ्रीमा उत्तीर्ण हुन सफल भएकोमा आयोजकले सम्मान गरेको थियो । आयोजकले गत पुस १५ देखि १७ गतेसम्म आयोजना गरेको मेयर कप तेक्वान्दोलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा काठमाडौं जिल्ला तेक्वान्दो संघलाई पनि सम्मान गरेको थियो । त्यस्तै सोही प्रतियोगितामा पदक जित्न सफल बागमतीका खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । स्वर्णलाई ५, रजतलाई ३ र कांस्यलाई २ हजार नगदबाट पुरस्कृत गरियो ।
राष्ट्रिय टिम तयारीका लागि आयोजित दुईदिने छनोट प्रतियोगितामा २ सय ४ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।