लर्ड्स लाइट एकेडेमी गोकर्णेश्वर ६ को खेलकुद सप्ताह सम्पन्न

लर्ड्स लाइट एकेडेमी गोकर्णेश्वर ६ को  खेलकुद सप्ताह सम्पन्न

कपन अनलाइन

काठमाडौँ, फाल्गुन १८। गोकर्णेश्वर नगरपालिका वडा नं ६ नयाबस्तीमा रहेको लर्ड्स लाइट एकेडेमीमा खेलकुद सप्ताह सम्पन्न भएको छ ।  फाल्गुन १२ गते देखि शुरु भएको उक्त खेलकुद सप्ताह फागुन १६ गते सम्पन्न भएको हो ।

बिद्यार्थीको अन्तरनिहित प्रतिभाको बिकासका लागि आयोजित खेल सप्ताहको समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा  गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख सहसचिब विजय प्रसाद आचार्य, एन प्याब्सन गोकर्णेश्वर नगर अध्यक्ष मोहन अधिकारी, समाजसेबी अमलादेबी श्रेष्ठ, महानगरीय प्रहरी बिट नयाबस्तीका कार्यलय प्रमुख प्रहरी सहायक निरीक्षक लोकेश गिरि,लगायत शिक्षक, अभिभावकर  बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।

  बिध्यालयका प्रिन्सिपल निराजन आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रम संचालन बिध्यालयका शिक्षक शंकर भट्टराईले गरेका थिए भने कक्षा १०  मा अध्ययनरत बिद्यार्थी  आयुष्मा रंजितले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेकी थिइन ।

५ दिन सम्म संचालित खेल सप्ताहमा विभिन्न बिधाका खेलकुद हरु खेलाइएको थियो। छात्र छात्रा को दौड ,कबड्डी, रेस १०० मिटर दौड, , क्रिकेट बास्केटबल,म्युजिकल चेयर, स्पुन दौड  , फुटबल, म्याराथन, लगायतका पुर्ब प्राथमिक तहको विभिन्न खेलहरु आयोजना गरिएको थियो। कक्षागत, तहगत तथा अन्तर-सदनात्मक रुपमा बिभिन्न खेलहरु समाबेश गरिएको उक्त  खेलसप्ताहमा पहेलो सदन प्रथम भएको थियो ।कार्यक्रममा प्रमुख अतिथि बिशेष अतिथिहरुले खेल सप्ताहमा बिजयी खेलाडी र सर्बोत्कृष्ट विद्यार्थीहरु लाई  ट्रफी मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्यालले आयोजकलाइ धन्यवाद दिदै  विद्यालयले विद्यार्थी केन्द्रित विभिन्न गतिविधि र प्रतिष्पर्धा गर्दै आएको र धेरै कार्यक्रममा आफुपनि सहभागी भएको बताएका थिए  ।  उनले  खेलकुद र पढाईका लागि समय ब्याबस्थापन गर्न सक्ने बिद्यार्थीले नै चौतर्फि बिकास गर्न सक्ने उनको भनाइ रहेको थियो । खेलले नै राष्ट्र चिनाउने र बिद्यालय बाट नै खेलाडीहरु निर्माण हुने भएको हुँदा खेलकुद कार्यक्रम समय समयमा गर्नु पर्ने बताए। साथै उनले बिद्यार्थीहरुलाई कक्षा कोठामा मात्र सिमित हुन नहुने  भन्दै जब बिद्यार्थी शारीरिक रुपमा स्वास्थ्य नभए सम्म राम्रोसंग पठन पाठन गर्न नसक्ने भएका कारणले पनि बिद्यालयले शिक्षा र खेलकुदलाई एक साथ जोड्नु पर्नेमा जोड दिदै विजयी खेलाडीहरुलाई बधाई दिएका थिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख सहसचिब विजय प्रसाद आचार्य, एन प्याब्सन गोकर्णेश्वर नगर अध्यक्ष मोहन अधिकारी, समाजसेबी अमलादेबी श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए। अध्यक्षताको आसन बाट बोल्दै लर्ड्स लाइट एकेडेमीका प्रिन्सिपल निराजन आचार्यले  बिधालयमा अध्ययनरत छात्र, छात्रा भित्र लुकेर रहेका अन्तरनिहित खेल प्रतिभालाई उजागर गर्न खेल सप्ताहको आयोजना गरिएको जानकारी गराए ।खेल क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउनु र अतिरिक्त क्रियाकलापको महत्व बारे जानकारी दिने उदेश्य सहीत खेल सप्ताह सञ्चालन गरिएको बताउदै आगामी दिनमा पनि खेलकुद सप्ताह सञ्चालन गर्ने योजना रहेको जानकारी गराएका थिए ।

प्रत्येक कक्षाका विद्यार्थीलाई कुनै न कुनै खेलमा आवद्ध गराई खेल क्षेत्रमा आकर्षण बढाउने र शारिरीक अभ्यासमा बालबालिकालाई अभ्यस्त गर्ने उदेश्यले खेलकुद आयोजना गरिएको प्रष्ट पार्दै लर्ड्स लाइट एकेडेमीले बिधार्थीको सैद्धान्तिक सँग सँगै सर्वाङ्गगिण विकासमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ बिभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराउदै कोरोनाको कारण लामो समय सम्म त्यस्ता गतिबिधि हुन सकेको थिएन ,कोरोना कहर कम भए संगै र बिध्यालयका बिद्यार्थीहरुले खोप लागाए पश्चात पुन यस्ता गतिबिधिलाइ अघि बढाएको उनले जानकारी गराए । उनले  खेल सप्ताह सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने  सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

तपाइँको प्रतिक्रिया ।