कागेश्वरी ८ मा लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसको रक्तदान कार्यक्रम सम्पन्न

कागेश्वरी ८ मा लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसको रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं, फाल्गुन १६ । लायन्स क्लब इन्टरनेसनल  डिस्ट्रिक ३२५ डी स्वीकृत अन्तरगतको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियस द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ गोठाटार तेज विनायक चोकमा रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित फाल्गुन १४ गते शनिबार बिहान ९ बजे देखि अपरान्ह २ बजे सम्म सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवर बाट संचालन गरिएको उक्त रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसका चार्टर प्रेसिडेन्ट विख्यात प्रसाद थपलियाले जानकारी गराएका छन  ।

छोटो छोटो समयको तयारी तथा बिभिन्न स्वास्थ्य तथा अन्य कारणले गर्दा जम्मा २९  जनाले रक्तदान गरेको  बताउदै  रक्तदान गर्न इच्छुक ब्यक्तिले समेत रक्तदान गर्न नसकेको जानकारी गराउदै कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद सहित  आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन  ।

कार्यक्रममा लायन्स लिडरको साथै आयोजक संस्थाका पदाधीकारी सहित सदस्यहरुको उपस्थिति रहेको थियो  ।रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । उक्त रक्तदान  कार्यक्रममा तथा एपसाइट इन कर्पोरेसन प्रालिको सहयोग रहेको   थियो  ।

तपाइँको प्रतिक्रिया ।