गोकर्णेश्वर नगर प्रमुख : को को छन नेपाली कांग्रेसका सम्भावित दावेदारहरु ?
कपन अनलाइन
काठमाण्डौ ,फागुन ५ ।
बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै अहिले गोकर्णेश्वर नगरपालिकामा पनि सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको निर्वाचनमा नागर प्रमुख र उपप्रमुख संगै ६ वटा वडामा वडा अध्यक्ष जितेको नेपाली कांग्रेस गोकर्णेश्वरमा यस पटकको निर्वाचनमा पनि धेरै नेताहरुको दावी हुने देखिएको छ।
क्षेत्र ,प्रदेस क्षेत्र र क्षेत्रमा नयाँ नेतृत्व चयन गर्दै निर्वाचनको तयारीमा लागेको नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखको पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. सन्तोष चालिसे
२०७४ सालको स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा विजयी बनेका सन्तोष चालिसे यस पटक पनि नगर प्रमुख पदको दावेदारका रुपमा देखिएका छन।
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ को सभापति समेत रहेका चालिसे आसन्न स्थानीय तहको निर्वाचनमा नगरपालिकाको नगर प्रमुख पदमा पुन दोहोरिन सक्ने अनुमान र चर्चा गोकर्णेश्वरमा गर्न थालिएको छ।
२. शान्ति नेपाल
२०७४ सालको स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको उपप्रमुखमा विजयी बनेकी शान्ति नेपाल पनि नगर प्रमुख पदको दावेदारका रुपमा देखिएकी छन।
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ की पुर्व सचिव नेपालले आउँदो स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदमा दावेदारी प्रस्तुत गर्ने तयारी गरेको उनि निकट श्रोतले जानकारी दिएको छ।
३. बिमल ठकुरी
२०७४ सालको बागमती प्रदेस सभाको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ३ ( ख ) बाट उम्मेदवार बनेर झिनो मतले पराजित बनेका बिमल ठकुरीलाई पनि यस पटक गोकर्णेश्वर नगर प्रमुख पदको सम्भावित दावेदारका रुपमा हेरिएको छ।
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ (ख ) का सभापति समेत रहेका ठकुरी राजनीति संगै विभिन्न् सामाजिक र मानवीय सेवामा पनि सक्रिय रहदै आएका छन।
४ . पर्शुराम पोखरेल
नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि पर्शुराम पोखरेल पनि आउने स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदको दावेदारका रुपमा देखिएका छन।
विपी संग्रहालय समितीका अध्यक्ष रहेर लामो समय देखि विपिवाद र नेपाली कांग्रेसको सिदान्त र आदर्शलाई जोगाउनु पर्ने भन्दै अभियान संचालन गरिरहेका पोखरेलले नगर प्रमुख पदमा दावेदारी प्रस्तुत गर्ने उनि निकट श्रोतले बताएको छ।
५ . दिपक रिसाल
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ का सचिव रहेका दिपक रिसाल पनि आउने स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदको दावेदारका रुपमा देखिएका छन।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकारका रुपमा योगदान पुर्याएका रिसालले यस पटक नगर प्रमुख पदमा दावेदारी प्रस्तुत गर्ने तयारीमा रहेको चर्चा अहिले नगरपालिकामा चलिरहेको छ।
६ . मनोज ढुंगाना
गोकर्णेश्वर नगरपालिका वडा नं ८ का अध्यक्ष तथा नगत्र प्रवक्ता मनोज ढुंगाना लाई पनि आउने स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदको दावेदारका रुपमा हेरिएको छ।
लामो समयदेखी नेपाली कांग्रेसका विभिन्न समितीहरुमा सक्रिय रहेका ढुंगाना गोकर्णेश्वर नगरपालिकाका विभिन्न सामाजिक अभियानहरुमा सक्रिय रहेका छन।
७ . सुदर्शन सिग्देल
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ र गोकर्णेश्वर नगरपालिकामा लामो समय देखि सक्रिय रहेका सुदर्शन सिग्देललाई पनि यस पटकको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदको दावेदारका रुपमा हेरिएको छ।
जगडोल -यज्ञडोल शान्ति पार्कको अध्यक्ष सहित विभिन्न सामाजिक संघ संस्थाको संस्थापक र अभियन्ता रहेका सिग्देलले आउने निर्वाचनमा नगर प्रमुख पदमा दावेदारी प्रस्तुत गर्नका लागि आन्तरिक तयारी थालेको उनि निकट श्रोतले बताएको छ।