दिनेश अर्याल बने मनोहरा जेसिजको नयाँ अध्यक्ष ,पदस्थापन कार्यक्रम सम्पन्न

दिनेश अर्याल बने मनोहरा जेसिजको नयाँ अध्यक्ष ,पदस्थापन कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ,माघ १८  ।मनोहरा जेसिजको छैठौ  पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।  शनिबार ग्राण्ड नरलिङ होटल रिसोर्ट दक्षिणढोकामा एक कार्यक्रमका बीचजेसिज वर्ष २०२२ का लागि नेतृत्वमा चयन भएका अध्यक्षसहित पदाधिकारीको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।  कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा बिशेष अतिथिको रुपमा नेपाल जेसिज बर्ष २०१४का राष्ट्रिय अध्यक्ष जेसी  सुशील बाबु श्रेष्ठ,मातृ शाखा धापासी जेसिजका जेसी खेमराज अधिकारी  , निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष  क्षेत्र ग जेसी रमा कुमारी प्याकुरेल, निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष क्षेत्र ख  जेसी जीवन कार्की,लायन्स क्लबका पुर्व गभर्नर कुमार राज सुवेदी,नेपाली कांग्रेसका युवा नेता उपेन्द्र कार्की, मनोहरा जेसिज का पुर्व अध्यक्ष जेसी रजनी थापा लगायत मनोहरा जेसिजका पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता मनोहरा जेसिज वर्ष २०२१का अध्यक्ष  जेसी सागर रोक्काले गरेका थिए भने कार्यक्रम संचालन मनोहरा जिसिजको   महासचिव तुलसा आचार्यले गरेकी थिइन।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा जेसी अस्मिता बोहोराले जेसिज आस्था वाचन गरेकी थिइन कार्यक्रमका प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले गमलाको बिरुवामा पानी हालेर उद्घाटन गरेको कार्यक्रममा कार्यक्रम संयोजक जेसी शैलेन्द्र कुइकेलले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्यमाथी प्रकाश पारेका थिए । कार्यक्रममा जेसी रुपेश खनालले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।   कार्यक्रममा सन् २०२२ का लागि निर्वाचित पदाधिकारीको पदस्थापन तथा समाजमा विशेष योगदान दिने व्यक्तित्वको सम्मान गरिएको थियो ।

कार्यक्रम कृषा रसाईलीले स्वागत नृत्य मार्फत मनोरंजन प्रदान गरेको  कार्यक्रममा  जेसिज वर्ष २०२२ का अध्यक्ष दिनेश अर्याल सहित पदाधिकारीको जेसिज वर्ष २०२१ का अध्यक्ष सागर रोक्काले नयाँ अध्यक्षलाई पदस्थापन र शपथ ग्रहण गराएका थिए । जेसिजको छैठौ  साधारणसभाबाट चयन गरिएको नेतृत्व बमोजिम अध्यक्ष दिनेश अर्यालले  अन्य पदाधिकारी र विभिन्न विभागका संयोजक मनोनीत गरेका थिए ।

शाखाको कार्यकारीणी उपाध्यक्षमा जेसी सुजीन प्रकास थापा  र जेसी तुलसा आचार्य ,  उपाध्यक्षमा जेसी बिध्या खड्का ,जेसी पावल बज्राचार्य ,जेसी गरिमा भुषाल र जेसी स्मारिका रिजाल निर्वाचित भएका छन् । यसैगरी नवनिर्वाचित अध्यक्ष अर्यालले महासचिवमा अस्मिता बोहोरा  कोषाध्यक्षमा जेसी उमेश भट्टराईलाइ  चयन  गरेका थिए ।   कार्यक्रममा नेपाली कांग्रेस कागेश्वरी मनोहरा  तरुण दल नगर सभापति प्रेम कुमार थापा र नेपाली कांग्रेस कागेश्वरी मनोहरा  नगर सभापति उद्दब दाहाललाइ मनोहरा जेसिजको मानार्थ सदस्य प्रदान गरिएको थियो । त्यसै गरि कार्यक्रममा नेपाल आइडल सिजन ३ कि बिजेत सज्जा चौलागाईलाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना राख्दै कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले  युवा नेतृत्व र व्यक्तित्व विकास मूल मर्म रहेको मनोहरा जेसिज विधानअनुरुप अघि बढेको भन्दै खुसी व्यक्त गरे । जेसिजसँग सहकार्य गरी विविधकार्य गर्न र सचिवालय व्यवस्थापन गर्न आफू तथा नगरपालिका सदा सकारात्मक रहेको बताउदै त्यसको लागि जेसिजले पहल गर्नुपर्नेमा जोड दिएका थिए । उनले कागेश्वरी मनोहरा नगरपालिकाको पहिचानको लागि मनोहरा जेसिजले राम्रो काम गर्दै आएको र नगरपालिका जेसिज संग हातेमालो गरि अघि बढ्न सदैब तत्पर रहेको बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता उपेन्द्र कार्कीले जेसिजमा लागी समाजसेवामा जोडिन युवावर्गलाई आह्वान गर्दै मनोहरा जेसिजले गर्दै आएको सकारात्मक काममा आफ्नो सदैब साथ रहेने बताएका थिए । उनले हरेक क्षेत्रमा नेतृत्व उत्पादन गर्ने संस्थाले समाजलाई सकारात्मक सोच  भएका नागरिक तयार पार्नमा खेलेको  भुमिकाको  प्रशंसा व्यक्त गरे । कार्यक्रममा २०२० का अध्यक्ष जेसी  निशान् गौतमलाइ भूपू अध्यक्ष क्लबमा स्वागत गरिएको थियो भने २०२१का अध्यक्ष सागर रोक्कालाइ आइ पी पी क्लबमा स्वागत गरिएको थियो।

कार्यक्रममा मनोहरा जेसिज बर्ष २०२१का अध्यक्ष सागर रोक्काले बिदाइ सम्बोधनका क्रममा आफ्नो कार्यकालमा भए गरेका कामको गतिबिधिको बारेमा प्रकाश पर्दै आगामी दिनमा पनि क्लबलाइ सहयोग गर्दै जाने प्रतिबद्धता जनाएका थिए। उनले कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई सम्झिदै नयाँ बोर्डलाई शुभकामना दिएका थिए  । उनले आफु बर्ष २०२१को कान्छो अध्यक्ष भएको हुँदा पनि अग्रज बाट न्यानो माया तथा गाइडलायन्स पाएको बताएका थिए ।उनले जेसिज बाट धेरै कुरा सिक्न पाएको भन्दै त्यो सिकेका ज्ञानलाइ आगामी दिनमा व्यवहारमा उतार्दै जाने बताएका थिए।

कार्यक्रममा मनोहरा जेसिजका वर्ष २०२२का अध्यक्ष दिनेश अर्यालले जेसिजका राष्ट्रिय कार्यक्रमहरुलाई शाखामा ल्याउन पहल गर्ने बताए । अग्रजहरुको अनुभवलाई जेसिजसँग जोडेर समुदायको परिवर्तनका लागि काम गर्ने भन्दै यो वर्ष युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि विभिन्न तालिम संचालन गर्ने योजना रहेको  बताए ।

कार्यक्रममा मनोहरा जेसिजका संस्थापक अध्यक्ष जेसी जगतराज ढुंगाना, पुर्व अध्यक्ष जेसी रजनी थापा,  मातृ शाखा धापासी जेसिजका जेसी खेमराज अधिकारी  , निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष  क्षेत्र ग जेसी रमा कुमारी प्याकुरेल, निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष क्षेत्र ख  जेसी जीवन कार्की , नेपाल जेसिज बर्ष २०१४का राष्ट्रिय अध्यक्ष जेसी  सुशील बाबु श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्दै  नेतृत्व तथा व्यक्तित्व बिकासका साथै सम्रग समाज प्रति  उत्तरदायी हुन नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए । उनीहरुले  मनोहरा जेसिजलाइ बहुआयामिक कार्यक्रम संचालन गरेर अगाडि बढाउन अनुरोध गर्दै त्यसमा आफुहरुले गर्नु पर्ने सबै सहयोग रहने बताएका थिए ।कार्यक्रम संयोजक समेत रहेका जेसी शैलेन्द्र कुइकेलले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।