बुढानिलकण्ठ-१३ गाम्चामा रहेको गणेश मन्दिर पुनर्निर्माणका लागि मदन श्रेष्ठको एक लाख सहयोग

कपन अनलाइन

काठमाण्डौ ,माघ १७।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ ( ख ) का सहसचिव मदन श्रेष्ठले बुढानिलकण्ठ नगरपालिका वडा नं  १३ गाम्चामा रहेको गणेश मन्दिर पुनर्निर्माणका लागि एक लाख सहयोग गरेका छन।

साविक बुढानिलकण्ठ नगरपालिका वडा नं १७ का सभापति समेत रहेका श्रेष्ठले  माघ १५ गते गाम्चा गणेश मन्दिर पुननिर्माण उपभोक्ता समिति गठन भेलामा सो सहयोग गरेका थिए।

मन्दिर पुनर्निर्माण समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा भएको सहयोग हस्तान्तरणमा समितीले श्रेष्ठलाई धन्यवाद दिदै वडावासीहरुमा सहयोगको आग्रह समेत गरेको छ।

तपाइँको प्रतिक्रिया ।