आक्रामक संगठन विस्तारमा नेकपा एमाले काठमाण्डौ महानगरपालिका वडा नं ७

आक्रामक संगठन विस्तारमा नेकपा एमाले काठमाण्डौ महानगरपालिका वडा नं ७

कपन अनलाइन

काठमाण्डौ ,माघ १८।

नेकपा एमाले काठमाण्डौ महानगरपालिका वडा नं ७ कमिटीले संगठन विस्तारलाई आक्रामक बनाएको छ। नेपाल कम्युनिस्ट पार्टी एमाले वडा नं ७ कमिटीले विभिन्न टोल कमिटी गठन गर्ने क्रममा गौरीनगर टोल कमिटी गठन गरेको छ।

वडा पार्टी कमिटिका अध्यक्ष दिपेन्द्र पुडासैनी को अध्यक्षतामा भएको भेलाले भरत श्रेष्ठको अध्यक्षतामा गणेश कुमार राजभण्डारी उपाध्यक्ष,सीता पोखरेल सचिबमा सरस्वती चिमौरिया र बिनोद खड्का उपसचिव रहेको  २३ सदस्यीय टोल कमिटी गठन गरेको हो।

नेकपा एमाले काठमाण्डौ  जिल्ला कमिटिका सदस्य टीका पराजुली र महानगर कमिटीका सदस्य कृष्णमणि भट्टराईको उपस्थितिमा भएको भेलामा वडा कमिटीका सदस्य अमृत जङ थापाले शुभकामना मन्तव्य राखेका थिए।

कमिटीका सचिब रामकृष्ण पौडेलको संचालन गरेको भेलामा बोल्दै नव गठित टोल कमिटीका अध्यक्ष श्रेष्ठले आउदो स्थानिय चुनावमा सुर्य ध्वजाबाहक उम्मेदवारहारुलाई जिताउन टोल कमिटी गठन भएकै दिन बाट लाग्ने प्रतिवद्त्ता व्यक्त गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।