बालाजुमा ग्यास बुलेटले च्याप्दा भारतीय नागरिकको मृत्यु

बालाजुमा ग्यास बुलेटले च्याप्दा भारतीय नागरिकको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,माघ १३।

बालाजुमा ग्यास बुलेटले च्याप्दा चालकको मृत्यु भएको छ । भारतीय नागरिक ४५ वर्षीय दिलीप राजवंशीको मृत्यु भएको हो ।

दिलीपले चलाएको भारतीय नम्बरप्लेटको ग्यास बुलेट बालाजु औद्योगिक क्षेत्रभित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा अचानक गाडी गुडेर अगाडि रहेको भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा च्यापिएका थिए ।

आज बिहान करिब पौने ४ बजे गम्भीर घाइते भएका उनको उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको बालाजु प्रहरीले जानकारी दिएको  छ ।

तपाइँको प्रतिक्रिया ।