नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (२ ) को सचेतना तथा मास्क वितरण अभियान सुरु
कपन अनलाइन
काठमाण्डौ,माघ ९।
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (२ ) को सचेतना तथा मास्क वितरण अभियान सुरु भएको छ ।नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (२ ) रहेको बुढानिलकण्ठ नगरपालिकाका ८ वडामा सो अभियान सुरु गरिएको हो।
नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि तथा पुर्व क्षेत्रीय सचिव बिनोद चालिसे, जिल्ला समिती सदस्य ललिता देवी गुरुङ,काठमाण्डौ क्षेत्र नं ४ (२ ) का उपसभापति श्यामकृष्ण श्रेष्ठ काठमाण्डौ क्षेत्र नं ४ (२ ) का सचिव मनोज सिग्देल,काठमाण्डौ क्षेत्र नं ४ (२ ) का सहसचिव प्रमोद अधिकारी विश्वनाथ दाहाल ,वडा नं १२ का सभापति सुनीत चालिसे लगायतको टोलीले कपन प्रहरी प्रभागमा मास्क तथा स्यानीटाइजर वितरण गर्दै अभियान सुरु गरेका हुन।
आज बाट सुरु भएको अभियान अन्तर्गत प्रदेस क्षेत्रका सबै वडामा इकाई समितीको संयोजनमा वडाका चोक तथा जनघनत्व बढी हुने स्थानहरुमा स्वास्थ्य मापदण्ड अपनाउदै मास्क वितरण गरिने सचिव सिग्देलले जानकारी दिएका छन।