आगामी वर्षात अगाडी नै कपन क्षेत्रको डुवान समस्या समाधान गर्ने प्रयासमा छौ: शम्भु प्रसाद भट्टराई
कपन अनलाइन
काठमाण्डौ,माघ ९।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले आगामी वर्षात अगाडी नै कपन क्षेत्रको डुवान समस्या समाधान गर्ने प्रयासमा रहेको बताएका छन।
लामो समय देखि कपन क्षेत्रमा निकै ठुलो समस्याका रुपमा रहेको डुवान सामाधानका लागि अहिले आनी गुम्बा र नेपाल टेलिकम गरेर दुई स्थानबाट बक्स कल्भर्ट निर्माणको कामलाई अगाडी बढाएको जानकारी दिदै अध्यक्ष भट्टराईले आउने वर्षा याम सम्म योजना सम्पन्न गर्न पहल गरिरहेको बताएका छन।
नेपाल टेलिकम क्षेत्रमा रहेको बक्स कल्भर्ट निर्माण स्थलमा भेटिएका अध्यक्ष भट्टराईले बुढानिलकण्ठका वडा नं १०.११ र १२ तथा काठमाण्डौ महानगरपालिका वडा नं ६ का विभिन्न क्षेत्रमा हुने डुवान समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर निर्माण अगाडी बढाएको बताउदै सहयोगका लागि सबै सरोकारवाला पक्ष समक्ष अनुरोध समेत गरेका छन।
वडा नं १२ को आनीगुम्बा देखि वडा नं १० को मिलनचोक तरकारी बजार सम्म निर्माण हुने सो ब्लक कल्भर्ट निर्माण योजनाको सम्झौता रकम २८ करोड ७४लाख ३९ हजार ९ सय ५४ रुपैया ३० पैसा रहेको छ।
काठमाण्डौ उपत्यका विकास प्राधिकरणले निर्माण गर्न लागेको सो योजना २०७९ असार २० गते सम्पन्न गर्ने गरी हाइहिमालयन जेभी बालकुमारी ललितपुरले ठेक्का सम्झौता गरेर काम अगाडी बढाएको हो।