बुढानीलकण्ठ नगरपालिकामा सेवा लिन खोप कार्ड अनिवार्य

बुढानीलकण्ठ नगरपालिकामा सेवा लिन खोप कार्ड अनिवार्य

कपन अनलाइन

काठमाण्डौ ,माघ ८।

बुढानीलकण्ठ नगरपालिकाको कार्यालयमा सेवा लिनका लागि नगरपालिकाले खोप कार्ड अनिवार्य गरिएको  छ ।

नगरपालिकाले सुचना जारी गर्दै कार्यालयमा सेवा लिनको लागि पाल्नुहुने सम्पूर्ण सेवाग्राहिहरुको लागि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को नयाँ भेरियण्ट ओमिक्रोन सहितको संक्रमण तीव्र रुपमा बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै संक्रमण नियन्त्रणको हेतुले मिति २०७८/१०/०९ गतेदेखि यो नियम लागु  गरेको हो ।

कार्यालयमा प्रवेश गर्नुहुने सम्पूर्ण सेवाग्राही महानुभावहरुलाई अनिवार्य रुपमा कोभिड १९ संक्रमण विरुद्धको खोप कार्ड देखाएर मात्र कार्यालय प्रवेश गराइने भएकोले सो व्यहोरा अवगत गरी नगरपालिका तथा अन्तर्गतका कार्यालयबाट सेवा लिने क्रममा कोभिड १९ संक्रमण विरुद्धको खोप कार्ड अनिवार्य रुपमा साथमा लिएर आउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।