तराइको पिडा : बालकृष्ण दंगाल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ ८।
सिरमा बसुन गनेशजी
इशवरका दाता
घाटीकण्ठ खुलाईराख
सरस्वती माता
बर्षा महिना पर्यो पानी
आयो खोला बाढी
बाबा आमा बालबच्चा
रुन्छन आँसु काडी
खोला उर्ली घर गोठ
डुबाई दियो सारा
गाइ भैसी भेडा बग्दा
प¥यो हाहाकार
तराई पहाड सबै तिर
आफ्नै दाजु भाइ
सधै हुन्छ दुख पिडा
बाल बच्चालाई
खेति पाती गर्नै पर्ने
जीवन धान्नलाई
जताततै सखाप पार्छ
वन्यजन्तु आइ
एकतिर वन्यजन्तु
अर्कातिर खोला
जीवन धान्न गारो पर्यो
कसो गर्ने होला
कहिले आउछ खोला बाडी
सितलहर कहिले
कस्तो रहेछ गाउ बस्ति
त्राही त्राही जहिले
जाडोमहिना सितलहर
देखिदैनन घाम
बाक्लो न्यानोलाउने किन्न
छैना केहि दाम
एकसरो कपडा छ
बस्त्र छैन खाली
बिना छपर चैरमा
बस्छन दौरा बलि
गास बास कपास भन्थे
जनतालाई पहिले
सत्ता पाए जनता सामु
जानै छाडे अहिले
जता जहिले पिडैपिडा
बस्नु कति त्रासमा
डुबानबडी सर्प आइ
बिनास पार्छ बचन्
गाउ कहाँ बस्ने काहा
ठाउ थियो कहाँ
बाढी आइ बस्ति सबै
डुब्यो जाहाँताहाँ
खाने पनी बग्यो हजुर
लाउने पानी पर्यो
गरिब माथि दैबले नी
के के गर्यो गर्यो
खोला पसी घर खेत मान्छे
पा¥यो थिलो थिलो
सरकारले राहत बढ्यो
चामल पाँच किलो
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक