गजल : सुशिला पौडेल
कपन अनलाइन
काठमाण्डौ ,पौष १४ ।
तिमी पाउनु आफु गुमाउनु एउटै समय
माया लाउनु धोका पाउनु एउटै समय
आउन चाह्यौ म भित्र स्विकृति लिएर
भित्र आउनु मोह बिलाउनु एउटै समय
मनको ढोका उघारेकै थिएँ तिम्रै लागि मैले
तिमी धाउनु अँध्यारो छाउनु एउटै समय
दिलको भारी बिसाउने ठाऊँ खोज्दै थियौ क्यारे
म लजाउनु तिमी मुझीउनु एउटै समय
भगवान झैं पूजा गरेर बसाएँ मनमा
मन पराउनु श्रद्धा हराउनु एउटै समय
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।