प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण नहुने

प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण नहुने

कपन अनलाइन

काठमाडौं, पौष २२।  प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने भनिएको भारतको ‘भाइब्रेन्ट गुजरात’ समिटको मिति सरेको छ । भारतीय पत्रिका ‘द हिन्दु’का अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमण ह्वात्तै बढेपछि गुजरात सरकारले समिटको मिति सारेको हो । जनवरी १० देखि हुने भनिएको समिटको मिति सरे पनि अर्को मिति भने तोकिएको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा पुस २५ गते भारत जाने तयारी थियो । परराष्ट्र मन्त्रालयका प्रवक्ताका अनुसार समिट स्थगित भएको जानकारी भारतीय मिडियाबाट आए पनि औपचारिक पत्र आइनसकेको जानकारी दिए ।प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा मन्त्रालयले औपचारिक सूचि सार्वजनिक गर्न बाँकी भएकाले यो विषयमा अहिले केही भन्न सक्ने अवस्था नभएको उनको भनाइ छ ।

 

तपाइँको प्रतिक्रिया ।