गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीताको दोस्रो दिनको खेलहरु सम्पन्न
कपन अनलाइन
काठमाडौं ,पौष २० ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबको ३२ औं बार्षिक उत्सबको अवसरमा क्लबका सम्पूर्ण सदस्यहरु बीच मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीताको दोस्रो दिनका खेलहरु सम्पन्न भएको छ । क्लबले प्रत्येक बर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा खेलकुदलाइ समेट्दै आएको र सो लाइ निरन्तरता दिदै खेलकुदमा रुची राख्ने क्लबका सदस्यहरु बीचको मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीता पौष २४ गते सम्म चल्नेछ ।
भगवती युवा क्लबको ब्याडमिन्टन कोर्टमा क्लबका सदस्यहरु बीच आयोजित मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल मोहन श्रेष्ठ र राज कुमार श्रेष्ठको जोडी संग रबिन बम्जन र हरि शरण श्रेष्ठको जोडी बीच भएको थियो प्रतिस्पर्धात्मक रहेको उक्त खेलमा रबिन बम्जन र हरि शरण श्रेष्ठको जोडीले मोहन श्रेष्ठ र राज कुमार श्रेष्ठको जोडीलाई २१- १५ र २१-१६ अंकको सोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ। आजै भएको दोस्रो खेल नारायण कार्की र सुमन ताम्राकारको जोडी संग श्री कारंजित र बिक्रम श्रेष्ठको जोडी बीच भएको थियो।
प्रतिस्पर्धात्मक रहेको उक्त खेलमा नारायण कार्की र सुमन ताम्राकारको जोडीले श्री कारंजित र बिक्रम श्रेष्ठको जोडी श्री कारंजित र बिक्रम श्रेष्ठको जोडी २१-१८, २१-१४ र २१-१८ अंकको तेस्रो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ। त्यसै गरि आजै भएको तेस्रो खेल कमल परियार र लोपजंग लामाको जोडी संग धन श्रेष्ठ र पदम बुढाथोकीको जोडी बीच भएको थियो ।
उक्त खेलमा धन श्रेष्ठ र पदम बुढाथोकीको जोडीले कमल परियार र लोपजंग लामाको जोडीलाई २१- १२ र २१- १३ अंकको सोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ । आजै भएकोदोस्रो दिनको अन्तिम खेल बाल कृष्ण श्रेष्ठ र राजु श्रेष्ठको जोडी संग विकेश श्रेष्ठ र राजकुमार श्रेष्ठको जोडी बीच भएको थियो। निकै नै प्रतिस्पर्धात्मक रहेको उक्त खेलमा बाल कृष्ण श्रेष्ठ र राजु श्रेष्ठको जोडीले विकेश श्रेष्ठ र राजकुमार श्रेष्ठको जोडीलाइ २१- १४, १४-२१ र २१- २३ अंकको तेस्रो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ।