यस्तो छ भिखारीहरुले खोलेको बैंक, यसरी चलाउँछन् बैंक
भारतको बिहार राज्यअन्तर्गत गया सहरका भिखारीहरुको एउटा समूहले आफ्नो अलगग्गै बैंक खोलेका छन् ।
उनीहरुले यो बैंक वित्तीय संकटका बेला सहयोग जुटाउन खोलेका हुन् । गया सहरको मगलगौरी मन्दिरको ढोकामा आउने सयौं भक्तजनको भिक्षामा आश्रित दर्जनौ भिखारीले यो बैंक सुरु गरेका हुन् । भिखारीहरुले बैंकको नाम मंगला बैंक राखेका छन् ।
यो अनौठो बैंका ४० जना सदस्यमध्येका राजकुमार माझीले भने–यो सत्य हो कि हामीले आफ्ना लागि बैंक खोलेका छौ । माझीले भने–बैंक प्रबन्धक, खचान्जी र सचिवका साथै एक जना एजेन्ट र बैंक चलाउने अन्य सदस्य सबै भिखारी छन् । यस बैंकको प्रबन्धक म आफै हुँ ।
बैंकको खाता र अन्य काम गर्नका लागि पर्याप्त शिक्षित माझीले भने–हामीहरु सबै जना हरेक मंगलबार बैंकमा २० रुपैयाँ जम्मा गर्दछौ । यसरी हप्तामा ८ सय रुपैयाँ जम्मा हुने गर्दछ ।
बैंक एजेन्ट विनायक पासवानका अनुसार उनको काम हरेक हप्ता सदस्यहरुबाट रकम संकलन गर्नु हो । ६ महिनाअघि स्थापि बैंककी सचिव मालती देवीले भनिन्–यो गत वर्ष ठुलो आशा र भिखारीहरुको अभिलाषा पुतिका लागि यो बैंक सुरु गरिएको हो । हामीलाई अहिलेसम्म पनि समाजले राम्रो व्यवहार गरेको छैन किनभने हामी गरिबमध्ये पनि गरिब छौ ।
भिखारीहरुलाई आफ्नो खाता खोल्नका लागि मालती बढीभन्दा बढी सम्पर्क गरिरहेकी छन् । उनले भनिन्–जुन भिखारी बैंकका सदस्य छन्, उनीहरुसँग न त बीपीएल (गरिबीको रेखामुनी) र न त आधार कार्ड नै छ।
प्रबन्धक माझीकी पनी नगिना देवी बैंकको खचान्जी हुन् । उनले भनिन्–मेरो काम जम्मा भएको रकम लेनदेन गर्नु हो । बैंकले भिखारीहरु समस्याका रहेका बेला सहयोग गर्छ ।
उनले भनिन्–यही महिनाको सुरुवातमा मेरी छोरी र बहिनी खाना पकाउने क्रममा जलेका थिए । बैंकले उपचारका लागि मलाई ८ हजार रुपैयाँ ऋण दियो । माझीले भनिन्–यो बैंकले भिखारीहरुलाई कसरी सहयोग गर्छ भन्ने उदाहरण हो । उनका अनुसार यो सहयोग राष्ट्रिय बैंकमा अपनाइने प्रक्रिया जस्तो कि कागजी काम वा जमानबिनै पूरा हुने गर्दछ । माझीले एक महिनासम्म यो ऋणको ब्याजसमेत दिनुपर्ने छैन ।
मालती भन्छिन्–बैंकले ऋण असुलीमा दबाव दिनका लागि २ देखि ५ प्रतिशतसम्म ब्याजको व्यवस्था गरेको छ। उनीहरु अब आफ्नै बैंक भएकोमा निकै खुसी छन् । भिखारीहरुलाई यसरी आफ्नै बैंक सुरु गर्न अत्यन्त निर्धन एवं समाज कल्याण राज्य समितिका अधिकारीहरुले यही वर्ष प्रोत्साहित गरेका हुन् । एजेन्सी