खुलासा : बसन्त अनुभव ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर १८ ।
‘ल, तपाईंको गर्भको बच्चा एकदम ठिक छ । कुनै समस्या छैन ।’ भिडियो एक्सरे गरेर हेरिसकेपछि महिला चिकित्सकले भनिन् ।
‘डाक्टर साब ! गर्भमा छोरा छ कि छोरी ? त्यो पनि बताइदिनुभए आभारी हुन्थे ।’ गर्भवती महिलाले जिज्ञासा राखिन् ।
‘त्यो बताउन त मिल्दैन नि !’ चिकित्सकले बताउन इन्कार गरिन् ।
‘बताइदिनोस् न डाक्टर साब, विचरीका चारवटि वर्षौनीका छोरी छन् । यसपटक पनि छोरी भए, सौता हाल्ने र घरबाट निकालिदिने भनेर घरकाले धम्की दिएका
छन् ।’ गर्भवती महिलालाई लिएर आएकी चिकित्सकसँग परिचित महिलाले भनिन् ।
‘तर गैरकानुनी काम म गर्दिँन ।’ चिकित्सक कानुनी अड्चन राखिन् ।
‘छोड्नुस् न कानुनका कुरा । (एउटा हात्ती हातमा राखीदिदै) तपाईंले भन्नुभएको भनेर कसले भन्दै हिड्छ
र ? पहिलेदेखि हजुरले गरिआएकै कुरा त हो । (खुसुक्क कानमा) गर्भपतन गर्नुप¥यो भने तपाईंकोमा त आउँछ नि ।’ चिकित्सकलाई बिचैमा रोक्दै ती महिलाले भनिन् ।
‘तपाईंको गर्भमा अहिलेपनि छोरी नै छ ।’ गर्भवती महिलतर्फ हेर्दै चिकित्सकले रहस्य खुलासा गरिन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक