श्री बाल सुधार मावि गोकर्णेश्वर २ को भवन शिलान्यास

श्री बाल सुधार मावि गोकर्णेश्वर २ को भवन शिलान्यास

कपन अनलाइन

काठमाडौँ,मंगसिर १६  । गोकर्णेश्वर नगरपालिका वडा नं २ नयापाटीमा रहेको श्री बाल सुधार माविको भवन शिलान्यास गरिएको छ। गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा ४ कोठे भवन निर्माणको लागि मंगलबार बिध्यालय परिसरमा एक कार्यक्रमका बीच भुमि पुजन सहित नगरपालिका प्रमुख सन्तोष चालिसे र गोकर्णेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षेत्रीले संयुक्त रुपमा शिलान्यास गरेका हुन।उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, प्रमुख सल्लाहकार दिपक रिसाल, प्रशासन शाखा प्रमुख श्री टकंनाथ घिमिरे लगायत वडा सदस्य र वि.व्य.स. पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष एबम गोकर्णेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णबहादुर पण्डित क्षत्रीले गरेका थिए ।

उक्त बिध्यालय भवन शिलान्यास कार्यक्रमललाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगर प्रमुख सन्तोष चालिसेले गुणस्तरीय शिक्षाका लागि व्यवस्थित पूर्वाधारको आवश्यकता रहेको बताउदै त्यसको लागि नगर पालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाएका थिए ।प्रतिष्पर्धाको समयमा गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड दिन सुझाएका थिए।

 कार्यक्रमलाइ  सम्बोधन गर्दै नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले  गोकर्णेश्वर   नगरभित्रका प्रत्येक माध्यमिक बिधालयमा फरक फरक बिषयकाे प्राबिधिक शिक्षा सन्चालन गर्ने उद्धेश्य रहेकाे जानकारी दिदै बालसुधार पनि त्यसकाे लागि एक प्रमुख बिधालय भएकाे भनाई  राखेका थिए । गाेकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत  राम  प्रसाद आचार्यले सामुदायिक बिधालय ले गुणस्तरीय शिक्षा दिनुपर्ने बताए।शिशु कक्षा देखि कक्षा दश सम्म पढाई हुदै आएको उक्त बिध्यालयले शिक्षालाई सिपमूलक, व्यावसायिक र रोजगारमूलक बनाउने उद्देश्यका साथ चाडै नै प्राबिधिक बिषय को कक्षा ११ र १२ को कक्षा समेत संचालन गर्न लागेको प्रधानाध्यापक हेमराज घिमिरेले जानकारी गराए थिए  उनले करिब ५० लाखको लागतमा निर्माण गर्न लागिएको उक्त भवन मुख्यत कक्षा ११र १२ सन्चालनकाे लागि भएकाे प्रधानाध्यापक हेमराज  घिमिरेले  जानकारी गराएका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष एबम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष  कृष्ण बहादुर पण्डित क्षेत्रीले  आफ्नो कार्यकालमा आर्थिक हिनामिना हुन नदिने बिध्यालयमा गुणस्तरीय शिक्षा प्रदान गरि बिद्यार्थी संख्या समेत बढाई कक्षा ११ र १२ सन्चालन गर्ने  उदेश्य रहेको जानकारी दिदै सो को लागि वडा कार्यालय सहयोग गर्न तयार रहेको जानकारी दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।