नेपाली काँग्रेस काठमाडौं जिल्ला सदस्यमा लक्ष्मण कुमार लामा गोलेले उम्मेदवारी दिने
कपन अनलाइन
काठमाडौँ, मंगसिर १२। नेपाली काँग्रेस काठमाडौं जिल्लाको अधिबेशनको मिति नजिकिदै गर्दा आकांक्षीहरुको दावी पनि बढ्दै जान थालेको छ । त्यसै क्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ बाट नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमिति सदस्य पदमा गोकर्णेश्वर नगरपालिका वडा नं ३ निवासी लक्ष्मण कुमार लामा गोलेले उम्मेदवारी दिने भएका छन । उनले कृष्ण सबुज बानियाँको समूह बाट सदस्यमा उम्मेदवारी दिन लागेका हुन।
राजनीति संगै समाजसेवामा पनि सक्रिय रहेकी लामा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा सदस्य समेत हुन। सङ्गठनलाई अझ चलायमान बनाइ काठमाडौं जिल्लाको सबै ठाउमा नेपाली कांग्रेसको चार तारे झण्डालाई बिजयी गराउन पनि आफुले उम्मेदवारी लागेको बताउदै लामाले सबैको साथ र सहयोगको अपेक्षा समेत गरेका छन।
तपाइँको प्रतिक्रिया ।