नेपाली काँग्रेस काठमाडौं जिल्ला सदस्यमा बुढानिलकण्ठ ११ कि ललिता देबी गुरुङले उम्मेदवारी दिने

कपन अनलाइन

काठमाडौँ, मंगसिर ११ ।नेपाली काँग्रेस काठमाडौं जिल्लाको अधिबेशनको मिति नजिकिदै गर्दा आकांक्षीहरुको दावी पनि बढ्दै जान थालेको छ । त्यसै क्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४  बाट नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमिति सदस्य पदमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ निवासी ललितादेबी गुरुङले  उम्मेदवारी दिने बताएकी छन । उनले कृष्ण सबुज बानियाँको समूह बाट खुल्ला महिला सदस्यमा उम्मेदवारी दिन लागेकी हुन।

राजनीति संगै समाजसेवामा पनि  सक्रिय रहेकी गुरुङलेआफ्नो दक्षता, क्षमता देखाउन, सङ्गठनलाई अझ चलायमान बनाइ काठमाडौं जिल्लाको सबै ठाउमा नेपाली कांग्रेसको चार तारे झण्डालाई बिजयी गराउदै महिला हकहितको लागि  पनि आफुले  उम्मेदवारी  लागेको बताउदै  नेतृ गुरुङले सबैको साथ र सहयोगको अपेक्षा समेत गरेकी छिन।

तपाइँको प्रतिक्रिया ।