नेपाली कांग्रेसको महाधिवेसन प्रतिनिधि खुल्ला बाट नारायण बहादुर सुवेदीले उम्मेदवारी दिने

कपन अनलाइन

काठमाडौं, मंगसिर ५। नेपाली कांग्रेस  काठमाडौं क्षेत्र नं ३ बाट केन्द्रिय महाधिबेशन प्रतिनिधिमा खुल्ला तर्फ बाट   नारायण बहादुर सुवेदीले उम्मेदवारी दिने घोषणा गरेका  छन । लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा संक्रिय रहेका  सुवेदी हाल  गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष समेत हुन । सन्तोष चालिसे समूह मार्फत केन्द्रिय महाधिबेशन प्रतिनिधि खुल्ला बाट उम्मेदवारी दिन लागेका सुवेदीले नेपाली काँग्रेसको संगठनलाई थप मजबुत बनाउदै आसन्न निर्वाचनमा काँग्रेसलाई उत्साहजनक तवरले बिजयी बनाउनको लागि पनि आफुलाई मतदान गरी निर्वाचित गराउनको लागि सुवेदीले अपिल गरेका छन् ।

सुवेदीले आफ्नो ज्यानको कुनै परवाह नगरी व्यक्तिगत र संस्थागत रूपमा कोरोना महामारीका बेला पनि वडावासी मात्र नभई समग्र क्षेत्रका जनताका लागि २४ औं घण्टा खटेर सामाजिक दायित्व निर्वाह गरिसकेका छन । उनले आफूले सबैको साथ र सहयोग पाउने अपेक्षा राखेको भन्दै समाजप्रति निर्वाह गरेको भूमिकाले पनि सबैले आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका   छन् । उनले  पार्टीमा आफुभन्दा अग्रजहरुलाइ सम्मान गर्दै सानालाइ माया गरेर अझै पार्टीको संगठन बलियो बनाउने प्रतिबद्धता समेत जनाएका छन ।

तपाइँको प्रतिक्रिया ।