काठमाडौं क्षेत्र नं ६ बाट महाधिवेसन प्रतिनिधिमा परशुराम लामिछानेको उम्मेदवारी
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर ५।
मंसिर २४ देखि २६ सम्म हुने १४ औं महाधिवेशनका लागि परशुराम लामिछानेले महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिने भएका छन । मंसिर ६ मा हुन गईरहेको क्षेत्रिय निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. ६ बाट उम्मेद्वारी दिएका उनले आफुलाई मत दिएर विजयी बनाउन पनि नेता कार्यकर्तालाई अनुरोध गरेका छन् ।
२०३६ सालदेखि प्रजातन्त्रका लागि पार्टीको संगठन विस्तारमा लागिपरेका लामिछानेले सामाजिक क्षेत्रमा समेत योगदान दिएका छन् । २०४७ को संविधान जारी गर्दा काभ्रेस्थलीमा पार्टी ईकाई गठन गरि आफ्नै घरमा कार्यालय सञ्चालन गरेका उनले पञ्चायतका विरुद्ध लड्ने काम समेत गरेका थिए ।
पञ्चायतको दबदबा रहेका बेला उनले विभिन्न दबावलाई उछिन्दै जरंखु भेडिगोठ हुँदै काभ्रेस्थलीसम्मको मोटरबाटो निर्माण गर्दा आर्थिक र भौतिक सहयोग गरेका थिए ।
समुदायस्तरमा काभ्रेस्थली प्राथमिक विद्यालयको संचालक समितिमा लामिछाने आएपछि विद्यालयको भौतिक पूर्वाधारमा सुधार आएको थियो । लामिछानेको पहलमा विद्यालयले आफ्नै भवन पाएपछि पठनपाठनमा सहजता स्थानीयहरु बताउँछन् ।
त्यसबाहेक ज्ञानोदय प्राथमिक विद्यालय र कालीदेवी उच्च माबीको कोटा स्वीकृत गराउन पनि लामिछानेले सशक्त पहल गरेका थिए ।
काभ्रेस्थलीमा खानेपानी ट्याङकी निर्माणका लागि संरक्षकको हैसियतले संसद् विकास कोष र स्थानीयबाट रकम संकलन गरि लामिछानेले ८८ घरधुरीमा पानी वितरण गरेका थिए । जसबाट अहिलेसम्म स्थानीय लाभान्वित भएका छन् ।
विभिन्न लिंक रोड बनाउन योगदान पुर्याएका लामिछाने नेपाली काँग्रेस र जनताको सेवामा समर्पित हुँदाहुँदै हाल जेष्ठ नागरिक बनिसकेका छन् ।
उनले काठमाडौं निर्वाचन क्षेत्र नं. ६ का क्षेत्रिय प्रतिनिधिहरुलाई लगनशिलता, उमेर र सक्रियतालाई मूल्यांकन गरि महाधिवेशन प्रतिनिधिमा विजयी गराउन अनुरोध गरेका हुछन