यी हुन् सीमा र संगीतामाथि ‘एसिड हान्ने’ युवा, ‘एसिड आक्रमणकारी’ पत्रकार सम्मेलनमै बेहोस
अपडेटः ११:१४
काठमाडौ, ६ चैत । काठमाडौंको बसन्तपुरको ट्युसन सेन्टरमा दुर्इ किशोरीलार्इ एसिड हान्ने युवालार्इ प्रहरीले सार्वजनिक गरेको छ ।
रामेछापको फुलासी गाविस-८ भएका २२ वर्षीय युवा जीवन विकलार्इ महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
लामो अनुसन्धानपछि उनलार्इ प्रहरीले भारतको सिक्किमबाट पक्राउ गरी ल्याएको हो ।
पक्राउ परेका युवा एसिड हानिकएका किशोरीहरु संगीता मगर र सिमा बस्नेत बस्ने घरैमा डेरा बस्दै आएका थिए ।
संगीता मगरको परिवारले जीवनमाथि शुरुबाटै शंका गर्दै आएको थियो । संगीता सञ्चारमाध्यमसँग कुरा गर्दै आफूहरुलार्इ एसिड हान्ने युवाको नाम जीवन भएको बताएकी थिइन् ।
रामेछाप जिल्ला फुलासी गाविस वार्ड नम्बर ८ घर भइ हाल काठमाडौं बसन्तपुरमा डेरा गरी बस्ने २० वर्षीय जीवन विक पक्राउ परेका हुन्।
जीवनले संगीतालार्इ आफ्नो कोठामा ट्युसन पढ्न बोलाउने गरेका अनुसन्धानबाट खुलेको छ । संगीताले ट्यूसन पढ्न उनको कोठामा जान नमानेपछि जीवनले पटक पटक जिस्क्याउँदै आएको पनि खुलेको छ ।
आक्रमणकारीले आफू ६९ सालदेखि संगितालाई मन पराएको र संगिताले पनि आफूलाई मन पराएपनि परिवारले छुट्टाएका बताए। त्यसपछि संगिताको भाइसँग झगडा पर्यो। अनि संगिताले उसलाई छोडिदिएको थिइन्। संगिताले केटाको बाबुलाई कुटेको र केटोले त्यसको बदला लिन यस्तो अपराध गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।
२० वर्षीय जीवन विक महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा गरिएको पत्रकार सम्मेलनमै बेहोस भएर ढलेका हुन् ।
पत्रकार सम्मेलनमा ढलेपछि प्रहरीले उनलार्इ तत्कालै उपचारका लागि वीर अस्पताल लगिएको छ ।
कपन अनलाइ – चैत्र ६ गते /राजधानीमा ट्युसन पढिरहेका दुई किशोरी माथी एसिड आक्रमण भएको एकमहिना पछी आज प्रहरीले ११ बजे पत्रकार सम्मलेन गरि घटनाका दोसी सार्वजनिक गर्ने भएको छ ।
ए प्लस’ ट्युसन सेन्टरमा एसएलसी तयारीका लागि ट्युसन पढिरहेका दुई किशोरी संगिता मगर र सीमा बस्नेत माथी जीवन विक नाम गरेका व्यक्त्तिले कक्षा कोठा भित्रै प्रवेस गरेर एसिड प्रहार गरेको प्रहरीले प्रमाणित गरेको छ । थप समाचार केहीबेरमा