विश्वासका लहरले : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २०।
नाना कुरा मन भरी अब भर्न छाडेँ
छाती धुजा वरहले अब गर्न छाडेँ
नौला कथा नजिकमा म त पर्न थालेँ
विश्वासका लहरले मन भर्न थालेँ ।।१।।
अग्ला हिमाल चुचुरा पर मुस्कुराए
लम्की लमक्क लहरा पनि जुर्मुराए
उत्साहमा किरण सुन्दर छर्न थालेँ
विश्वासका लहरले मन भर्न थालेँ ।।२।।
रुन्चे कुरा विरहका अब गर्नु छैन
काला कुना कलहका अब भर्नु छैन
सङ्कल्पका शहरमा बरु झर्न थालेँ
विश्वासका लहरले मन भर्न थालेँ ।।३।।
यो रात त्रास भयको सब ढाल्नु पर्छ
उल्लासका नव टुकी अब बाल्नु पर्छ
भन्दै म स्वच्छ सरितितर सर्न थालेँ
विश्वासका लहरले मन भर्न थालेँ ।।४।।
अन्यायका शिविरका सब भाग्न थालून्
पीडा सहेर रहने जन जाग्न थालून्
जानेर बाज ननिका दिलका खोलेँ
विश्वासका लहरले मन भर्न थालेँ ।।५।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।