कवितामा नयाँ आयाम साइनो : छायाँदत्त न्यौपाने

कवितामा नयाँ आयाम साइनो : छायाँदत्त न्यौपाने

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १३ ।

साइनो नेपाली भाषाको मौलिक शब्द हो । यसको अर्थ नाता सम्बन्ध हुन्छ । गण्डकी प्रदेशमा मित अर्थका लागि प्रचलित सैना शब्द साइनोको विकसित रुपले परिवारजन, आफन्त, मित आदि मानवीय सम्बन्ध जनाउँछ । पछिल्लो समय यसको प्रयोग काव्यिक अर्थमा हुँदै आएको छ । साइनो क्रमश सात, आठ र नौ अक्षरी तीन पङ्क्तिका चौबिस अक्षरको पूर्ण संरचना हो । यसमा नेपाली भाषाको लेख्य संरचना अनुसार अक्षर गनिन्छ । आवश्यक ठाउँमा आधा अक्षर, चन्द्रविन्दु, शिरविन्दु लेखिन्छ तर गणना गरिँदैन । आवश्यकतानुसार लेख्यचिन्ह प्रयोग गरिन्छ । संरचनाको अन्तिममा (?) प्रश्नवाचक वा (!) विस्मय आवश्यक नपरेको अवस्थामा (।) पूर्णविराम अनिवार्य हुन्छ ।
साइनो नेपाली मनमाटाको मौलिक कविता हो । यसमा लय, भाव, बिम्ब, प्रतीक, अलङ्कार आदि कविताका तत्त्व रहन्छन् । यसले सुरु भएको छोटो समयमा विश्वव्यापी बनेर धेरै स्रष्टा तथा पाठक प्राप्त गरिसकेको छ । साइनो नेपाली, थारु, बाजुरेली, अवधी, संस्कृत, हिन्दी, अङ्ग्रेजी लगायतका भाषाहरुमा पनि प्रकाशित छ । साइनोका विशेषाङ्कहरु ,साइनो सङ्ग्रहहरु पनि प्रकाशनमा आइसकेका छन् ।
साइनोको प्रथम प्रयोग २०७६÷ ०४÷१६ मा छायादत्त न्यौपानेबाट नेपाली भाषामा भएको हो । प्रस्तुत छन् केही साइनोहरु ः

१..
कति ठुलो चुनौती
के के न भो स्वकर्म
चेत् गुमाई हँसायो जग ?

२.
भएन मन सफा
खन्चुवाकै ठुलो डफा
देशघाती सन्धि रे नाफा ?

३.
विकासको नाम रे
गोजी भर्ने त्यो काम रे
देशघाती एकै ठाम रे !

४.ं
नभन, नभा कुरा
मौलायो झुटको खेती
बाँझिए समतल फाँट !

५.
अलमल छ देश
बेथा बटुल्छ नेतृत्व
चुपचाप सुत्छ जनता ?

६.
हराए युवाहरु
सङ्कटमा स्वाभिमान
मन दुखाउँदै छिन् आमा !

७.
मन पाल्छ रहर
खाँचो, दालभात डुकु
विवेक माग्छ झुल्केघाम !

८.
डो¥याउँछ विक्षिप्त
चुपचाप सकार्छु म
डो¥याइरहन्छ निर्लज्ज ?

९.
फेरिएन प्रवृत्ति
बेर्थ सुकाइयो घाँटी
झिक्दे गाँड भन्दा थप्दे भो ?

१०.
भत्काए जनमत
घात गरे अगुवाले
झुक्किए सोझा मान्छेहरु !

११.
लौ, हिँडे चोर बाटो
होच्याए स्वाधीन सान
खाए देश, मोटाए आपूm ?

१२.
बस्ती छैन गाउँमा
हरायो मान्छे मबाट
नेताबाट हरियो नीति ?

१३.
बन्न सकेन मान्छे
रोगग्रस्त होडबाजी
एक्लै बगिरह्यो समय !

१४.
दाउपेचमा देश
सान बेची टेक्छ छाती
सकुनिको भान्जो जुवाडे ?

१५.
कर्मयोद्धा नेपाली
नसहौं न हस्तक्षेप
उठौं सँगै कसेर मुठी !

१६.
गजब लाग्छ शैली
हैन कता प¥यो आँट ?
म हँु ढाँट्न सिपालु स्वाँठ ?

१७.
म त खुट्टेभकुन्डो
सुन्नु छैन जनमत
गुड्ने हो मन लागेतिर ?

१८.
म जान्ने सुन्ने मान्छे
सकुनि अभिन्न मित्र
के काम विदुर विमर्श ?

१९.
खुइते कूटनीति
गन्तव्य नदेख्ने आँखा
कुहिरोमा फन्फनी काग ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।