चामुन्डा माध्यामिक बिद्यालयको प्रशासनिक भवन शिलान्यास

चामुन्डा माध्यामिक बिद्यालयको  प्रशासनिक भवन शिलान्यास

कपन अनलाइन

काठमाडौं, कत्तिक ११ ।गोकर्णेश्वर नगरपालिकामा वडा नं ६ को  चामुन्डा माध्यामिक बिधालयको प्रशासनिकभवन शिलान्यास गरिएको छ। चामुण्डा माद्यामिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिपक सिंह भन्डारी,गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले संयुक्त रुपमा भुमि पुजन सहित भवनको शिलान्यास गरेका हुन । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा न६ का वडा अध्यक्ष रमेश अर्याल,बिधालय ब्यबस्थापन समितिका सदस्य कृष्णहरी भन्डारी, शिक्षक शिक्षाप्रेमी स्थानीयहरुको  उपस्थित रहेको थियो।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै  चामुन्डा माध्यामिक बिधालयका प्राध्यापक यादब प्रसाद पौडेलले बि स:२०१९ देखि स्थापना भएता पनि बिधिबत रुपमा प्रमाण सहित बि स:२०२४ सालदेखी संचालनमा आएको चामुन्डा माध्यामिक बिद्यालयले विभिन्न समस्याका बाबजुद पनि शिक्षा दिदै आएको बताए।बि स २०४७ पछि बिस्तारै आफ्नो मुहार फेर्दै आएको बिधालयले २०६४ मा प्लस टु पढाउने स्वीकृत पाएको हो।करिब २००० बिद्यार्थीलाइ अध्यापन गराउदै आएको र शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा बिभागमा नमुना बिद्यालय संचालनका लागि दिईएको निबेदनमा आवस्यक पर्ने सबै मापदण्ड पूरा पाईएको थियो। जसनुसार आव:२०७७/७८ स्कुलको भौतिक संरचना निर्माणका लागि बजेट परे पश्चात प्रशासनिक भवन निर्माणको लागि शिलान्यास गरिएको बताए ।

बिद्यालय ब्यबस्थापनका अध्यक्ष दिपक सिङ भन्डारीले बिधालयको भौतिक निर्माण कार्य लगभग समाप्त भैईसकेको बताउदै अब गुणस्तरीय शिक्षालाई प्रमुखतामा राख्ने बताए।त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी सन्तोष चालिसेले शिलान्यास पश्चात् बोल्दै चमुन्डा माध्यामिक बिधालय जुन उदेश्य अनुरुप निर्माण भएको छ त्यो भन्दा पनि आज दोस्रो तेस्रो पुस्ताको संयुक्त पहलमा प्रशासनिक भवन निर्माणका लागि शिलान्यास गरियो यसले  धेरै खुशी र आनन्द दिलाएको बताउदै समयमा नै गुणस्तरीय रुपमा भवन निर्माण गर्न अनुरोध गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।